Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अर्थतन्त्र

अमेरिकादेखि भियतनामसम्म निर्यात हुन्छ नेपाली यार्सागुम्बा, ६ महिनामा भित्रियो ५८ करोड ४१ लाख

अमेरिकादेखि भियतनामसम्म निर्यात हुन्छ नेपाली यार्सागुम्बा, ६ महिनामा भित्रियो ५८ करोड ४१ लाख

अमेरिकादेखि भियतनामसम्म निर्यात हुन्छ नेपाली यार्सागुम्बा, ६ महिनामा भित्रियो ५८ करोड ४१ लाख

चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा नेपालबाट ५८ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको १ हजार १ सय ६९ किलो यार्सागुम्बा विभिन्न मुलुकमा निर्यात भएको हो ।

काठमाडौं, १९ माघ । चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिनामा ५८ करोड ४१ लाख रुपैयाँ भन्दा बढीको यार्सागुम्बा विभिन्न मुलुकमा निर्यात भएको छ । 

 

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउनदेखि पुष मसान्तसम्ममा नेपालबाट ५८ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको १ हजार १ सय ६९ किलो यार्सागुम्बा विभिन्न मुलुकमा निर्यात भएको हो । 

नेपालबाट कम्बोडिया, चीन, हङकङ, मलेसिया, सिंगापुर, बेलायत, अमेरिका, भियतनाम लगायतका मुलुकमा यार्सागुम्बा निर्यात हुने गरेको छ । 

पुष मसान्तसम्ममा नेपालले कम्बोडियामा ५० किलो यार्सागुम्बा निर्यात गर्दा ३ करोड ४६ लाख ५० हजार रुपैयाँको आर्जन गरेको छ । 

यस्तै, चीनमा ५ सय २७ किलो यार्सागुम्बा निर्यात हुँदा २१ करोड ७१ लाख ९३ हजार रुपैयाँ र हङकङमा ३ सय ९५ किलो यार्सागुम्बा निर्यात गर्दा २५ करोड ९७ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको हो । 

त्यसैगरी, मलेसियामा ३३ लाख ६५ हजार रुपैयाँ बराबर रकमको १२ किलो यार्सागुम्बा निर्यात भएको छ । यस्तै, सिंगापुर २० किलो यार्सागुम्बा निर्यात भएको छ । सो बराबर १ करोड ५४ लाख २० हजार रुपैयाँ भित्रिएको छ । 

बेलायतमा १९ किलो यार्सागुम्बा निर्यात गर्दा ९५ लाख ६६ हजार रुपैयाँ आर्जन भएको छ । अमेरिकामा ७२ लाख १४ हजार रुपैयाँ बराबर ११ किलो यार्सागुम्बा निर्यात भएको छ । 

भियतनाममा ३ करोड ६ लाख ३५ हजार रुपैयाँ बराबर १ सय ३२ किलो यार्सागुम्बा निर्यात भएको छ । अन्य विभिन्न मुलुकमा ९ लाख २२ हजार रुपैयाँ बराबर ३ किलो यार्सागुम्बा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित समाचार