Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

अर्थ प्लस
नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

काठमाडाैं, पुस २५ । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं. ९ स्थित श्री सुर्के माध्यमिक विद्यालय भण्डारेका सम्पूर्ण विद्यार्थीहरूको लागि स्कुल ब्याग र शैक्षिक सामाग्री वितरण गरेको छ। यस कार्यक्रमको प्रमुख अतिथि बैंकका प्रबन्ध संचालक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले विद्यालय समितिका अध्यक्ष र प्रधानाध्यापकलाई सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंकका अन्य उच्च अधिकारीहरू पनि उपस्थित थिए, जसमा प्रबन्ध निर्देशक राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल लगायत बैंक र विद्यालय समितिका अन्य सदस्यहरू उपस्थित थिए ।

नेपाल एसबिआई बैंकले यस कार्यक्रमलाई शैक्षिक क्षेत्रमा गरेको सहयोगको भागको रूपमा अघि बढाएको छ । यसका साथसाथै, बैंकले समय समयमा यस्ता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार