Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

मञ्जुश्री फाइनान्सको साधारणसभा सम्पन्न

मञ्जुश्री फाइनान्सको साधारणसभा सम्पन्न

अर्थ प्लस
मञ्जुश्री फाइनान्सको साधारणसभा सम्पन्न

काठमाडौं, पुस २८ । मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा मिति २०८१ पौष २८ गते, थापागाँउ व्याबकेट, थापागाँउ, नयाँबानेश्वर, काठमान्डौंमा सम्पन्न भयो ।

साधारण सभाबाट आ.व. २०८०÷०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित भयोे । साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ (तीन) जना श्री यादव अधिकारी ज्यु, श्री रामहरी शर्मा ज्यु तथा श्री सुमन प्रसाद अधिकारी ज्यु र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट १ (एक) श्री सतिश गौतम ज्यु, गरि ४ (चार) जना सञ्चालकज्यूहरु आगामि ४ वर्षका लागि निर्बिरोध निर्वाचित हुनु भयो ।

वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भयोे ।

मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सि र मसान्त सम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ । यस फाइनान्सको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि २७ वटा शाखा तथा एक बिस्तारित का उन्टर मार्फत देशभरका प्रमुख शहरहरुमा, १ लाख २० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा पुर्याउदै आएको छ ।

सम्बन्धित समाचार