Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिद्धार्थ बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ प्लस
सिद्धार्थ बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न

आइतवार, पुस २८ २०८१
काठमाडौं । सिद्धार्थ बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीलगायतको उपस्थितिमा बिहीबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा सम्पन्न भएको हो ।

सिद्धार्थ बैंकको सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाज्यू को अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

साधारण सभाले बैंकको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१८५/– (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैँया मात्र) को ४ प्रतिशतका दरले हुने रु. ५६,३५,९९,२०८/– (छपन्न करोड पैतीस लाख उनान्सय हजार दुई सय आठ मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने, “एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” (SBL 8.25% Perpetual Non Cumulative Preference Share) सम्बन्धित नियमनकारी निकायको स्विकृती पश्चात् जारी गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट श्री राहुल अग्रवाल , श्री दिनेश शंकर पालिखेर श्री बिरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट श्री अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिब्ग्स प्रा.लि. र श्रीे भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रा.लि.) निर्विरोध निर्वाचित हुनु भएको छ ।

सम्बन्धित समाचार