Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा सम्पन्न 

गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा सम्पन्न 

अर्थ प्लस
गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा सम्पन्न 

सोमवार, पुस २९ २०८१
पोखरा । गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पौष २९ गते सोमवार पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड, पोखरामा सफलतापूर्वक सम्पन्न भएको हो ।

उक्त साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५% (कर सहित)को नगद लाभांस सर्वसम्मत पारित गरेको छ । त्यसैगरि उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु श्री दिलिप प्रताप खाँड, श्री श्याम प्रसाद बस्याल र श्री दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु श्री विमल पाण्डे, श्री शोभाकान्त ढकाल र श्री आयुष्मा कोईराला सर्वसम्मतीबाट निर्वाचित गर्ने निर्णय गरेको छ । साधारणसभा पश्चात लगतै बसेको संचालकहरुको बैठकले श्री दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ ।

AGM Photo11.jpg
undefined

हाल बैंकको चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारणसभाले पारित गरेको लाभांस २०८१ पौष १७ गते कायम रहेका विकास बैंकका शेयरधनीहरुले नगद लाभांस प्राप्त गर्नेछन् ।

विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ । 

सम्बन्धित समाचार