Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

विद्युत बिक्रीको आम्दानी बढ्दा तेह्रथुम पावरको नाफा बढ्यो, इपिएस ३.२३ रुपैयाँ

विद्युत बिक्रीको आम्दानी बढ्दा तेह्रथुम पावरको नाफा बढ्यो, इपिएस ३.२३ रुपैयाँ

विद्युत बिक्रीको आम्दानी बढ्दा तेह्रथुम पावरको नाफा बढ्यो, इपिएस ३.२३ रुपैयाँ

काठमाडौं, माघ २१ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी बढ्दा कम्पनीको नाफामा पनि वृद्धि भएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ६४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ६ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ९ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ८ करोड २७ लाख रुपैयाँ कमाएको थियो । 

सञ्चालन आम्दानी : यस अवधिसम्म कम्पनीले ५ करोड ९४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ५ करोड २८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

वितरणयोग्य मुनाफा : ६२ लाख ६२ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : ३.२३ रुपैयाँ (वार्षिकीकरण गरिएको)

मूल्य आम्दानी अनुपात : १८६.९० गुणा (अन्तिम मूल्य ६०४ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ६५.२५ रुपैयाँ

चुक्ता पूँजी : ४० करोड रुपैयाँ

जगेडा कोष : १३ करोड ८९ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले ७.५ मेगावाटको अप्पर खोरुङ्गा खोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

सम्बन्धित समाचार