Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

रु रु जलविद्युतको विद्युत बिक्री आम्दानी र खुद नाफा सामान्य घट्यो

रु रु जलविद्युतको विद्युत बिक्री आम्दानी र खुद नाफा सामान्य घट्यो

रु रु जलविद्युतको विद्युत बिक्री आम्दानी र खुद नाफा सामान्य घट्यो

काठमाडौं, माघ २२ । रु रु जलविद्युत परियोजना लिमिटेड (RURU) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ९ करोड १३ लाख रुपैयाँ कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.१८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९ करोड १५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.११ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ।

विद्युत बिक्री आम्दानी सामान्य घटेका कारण कम्पनीको खुद नाफा पनि सामान्य घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३.४८ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको वित्तीय आम्दानी ७९.७८ प्रतिशत र वित्तीय खर्च ३१.५१ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २७ पैसा घटेर २३ रुपैयाँ ९० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.७८ गुणा रहेको छ।

४९ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २२ करोड ३ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार