गोरखा । गोरखाको अकला मन्दिर छेवैमा होटल सञ्चालन गरेर बसेका १ जना साथीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । हत्या आरोपमा गोरखा प्रहरीले सफलता प्राप्त गरेको छ । पन्तको हत्या आरोपमा गोरखा नगरपालिका–१४ सलाङगिरीका २३ वर्षीय किसान परियार रहेको प्रहरीले जनाएको छ ।
पालुङटार नगरपालिका–८ धुवाकोट लामाचौरका २८ बर्षिय पन्त पौष १६ गते सोमबार मृत्त अवस्थामा फेला परेका थिए । पन्तको हत्या भएको बारेमा गोरखा प्रहरी गहन अनुसन्धान थालेको थियो ।
पन्तले गोरखा नगरपालिका–१४ को अकला मन्दिर छेवैमा हिल कटेज होटल सञ्चालन गर्दै आएका थिए ।पन्तको शरिरको विभिन्न भागमा धारिलो हतियारको चोट देखिएपछी हत्या भएको आशंका प्रहरीले अनुसन्धानको धेरा फराकिलो पार्दै अनुसन्धान थालेको थियो ।
घरबाट हिडेको हप्ता दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछी पौष १६ गते सोमबार बिहान मात्र उनका आमा छोरालाई भेटन उक्त स्थानमा पुगेका बेला छोरा मृत्त अवस्थामा फेला परेपछी प्रहरीलाई खबर गरेका थिए । पन्तको टाउकोको पछाडीको भाग र खुट्टाको तल्लो भागमा धारिलो हतियारको चोट देखिएको थियो ।
