काठमाडौँ, माघ ७ । कामना सेवा विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो तैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले अधिकांश सूचकमा उल्लेख्य प्रगती गरेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २५ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधीको तुलनामा २४.५५ प्रतिशतले बढी हो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य नाफा ३७ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक बर्षको सोहि आवधीमा बैंकको वितरणयोग्य नाफा १७ करोड ४५ लाख रुपैयाँ रहेको थियो। दोस्रो त्रैमाससम्ममा वितरणयोग्य नाफा बढ्दा बैंकको लाभांश क्षमता बढेर २१.४० प्रतिशत पुगेको छ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर् सोहि अवधीमा यस्तो आम्दानी जम्मा ९५ करोड ८८ लाख रुपैयाँ थियो।बैंकको सञ्चालन नाफा २६.७९ प्रतिशतले बढेर ४६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो नाफा ३७ करोड रुपैयाँ थियो।
पुस मसान्तसम्ममा बैंकले ६१ अर्ब ५ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९७ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १८.३७ रुपैयाँ पुगेको छ। अघिल्लो सोहि अवधी १५.७८ रुपैयाँ मात्र रहेको थियो। बैंकको पीई रेसियो २३.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७.४६ रुपैयाँ रहेको छ।
बैंककोचुक्तापुँजी ३ अर्ब ५१ करोड ८ रुपैयाँ रहेको छ। त्यस्तै बैंकको रिजर्भको आकार १ अर्ब ६४ करोड १५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष रिजर्भमा १ अर्ब ६९ करोड १९ लाख रुपैयाँ रहेको थियो । बैंकको रिटेन्ड अर्निङ ३७ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक बर्ष सोहि अवधीमा यो ४१ करोड १२ लाख रुपैयाँ रहेको थियो।
