Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

राष्ट्र बैंकको कारवाहीमा १५ बैंक–वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संलग्न

राष्ट्र बैंकको कारवाहीमा १५ बैंक–वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संलग्न

अर्थ प्लस
राष्ट्र बैंकको कारवाहीमा १५ बैंक–वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संलग्न

काठमाडाैं, माघ ९ । नेपाल राष्ट्र बैंकले १५ वटा बैंक र वित्तीय संस्थालाई कारवाही गरेको छ। आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागले नियामकीय निर्देशन पालना नगरेको पाइएपछि ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको हो।

राष्ट्र बैंकले भनेको छ कि पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जा सदुपयोग नगरेको पाइएपछि यी संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो। लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरिएको छ। यी संस्थाहरुको कर्जामा दुरुपयोगको आशंका गरिएको थियो।

त्यस्तै, समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृतलाई पनि सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र राष्ट्र बैंकको निर्देशन उल्लंघन भएको कारण सचेत गराइएको छ।

यसै गरी, समृद्धि फाइनान्सलाई अनिवार्य नगद मौज्दात अपुग भएको कारण पहिलो पटक नगद जरिवाना लगाइएको छ। पोखरा फाइनान्सको सञ्चालक समितिलाई पनि पर्याप्त निगरानी नगरेको कारण सचेत गराइएको छ। राष्ट्र बैंकले कालोसूचिमा रहेका ऋणीलाई व्यक्तिगत कर्जा प्रवाह गरेको देखेपछि गरिमा विकास बैंकलाई पनि सचेत गराएको छ। साथै, कर्णाली डेभलपमेन्ट बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गर्दै उक्त संस्थाको व्यवस्थापनलाई आफ्नो नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार