Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सामान्य अंकले घट्यो नेप्से परिसूचक

सामान्य अंकले घट्यो नेप्से परिसूचक

अर्थ प्लस
सामान्य अंकले घट्यो नेप्से परिसूचक

अर्थ प्लस

काठमाडौं ।  सेयर बजार मापक नेप्से परिसूचक आज ०.६२ अंकले घटेको छ । ०.०३ प्रतिशतले घटेर नेप्से २०८८.९९ को विन्दुमा झरेको हो ।बिहीबार दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर चार अर्ब ३० करोड ७८ लाख लाख रुपैयाँको हाराहारीमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज ३०७ कम्पनीको कारोबार भएकामा १२१ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ११७ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य भने स्थिर छ । १३ मध्ये चार उपसमूहको मात्र समूहगत सूचक बढेको छ ।

६ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । नेपाल एसबीआई बैंक ऋणपत्रको सेयर मूल्य ९.६० प्रतिशतले घटेको छ । 

सम्बन्धित समाचार