२०८१,माघ १७ गते
काठमाडौँ। कुमारी बैंक लिमिटेडको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजना बन्ने भएको छ ।
गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एम. ए. पावर प्रा. लि. ले उक्त जलविद्युत आयोजना निर्माण गर्ने भएको हो ।
शुक्रबार एक कार्यक्रमकाबिच एम.ए पावर. प्रा. लि.का अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र कृषि बिकास बंैकलगायतका बिभिन्न बैंक तथा वित्तिय संस्थाहरूबीच लगानी सम्झौता भएको हो ।
१५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको संयुक्त लगानीमा ऋण लगानी सम्झौता भएको हो । स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ ।
साथै, डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्न पूर्व आवश्यक म्गभ म्ष्ष्निभलअभ क्तगमथ अगाडि बढाएको कम्पनीका अध्यक्षले बताएका छन् ।
सोही समूहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेडमार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मे।वा।निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
आयोजनाको नेपाल बिद्युत प्राधिकरणसँग कार्तिक १ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताएका छन् ।आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब-स्टेशनमा २२०/१३२ केभीमा जोडिने छ ।
