Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कुमारी बैंकको २४ औंं साधारण आज, के-के छन् एजेन्डा ?

कुमारी बैंकको २४ औंं साधारण आज, के-के छन् एजेन्डा ?

अर्थ प्लस
कुमारी बैंकको २४ औंं साधारण आज, के-के छन् एजेन्डा ?

काठमाडौं, माघ २१ । कुमारी बैंक लिमिटेडको २४औंं वार्षिक साधारण सभा आज बस्दैछ । सभा काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आज बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

साथै, सभाले चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको वित्तीय विवरणहरु पारित गर्नेछ

बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ ११ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ माघ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

सम्बन्धित समाचार