Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
बैंकवित्त

लगानीयोग्य रकम थुप्रिदै गएपछि फागुनमा पनि ब्याजदर घटाउने तयारीमा बैंकहरु

लगानीयोग्य रकम थुप्रिदै गएपछि फागुनमा पनि ब्याजदर घटाउने तयारीमा बैंकहरु

लगानीयोग्य रकम थुप्रिदै गएपछि फागुनमा पनि ब्याजदर घटाउने तयारीमा बैंकहरु

काठमाडौं, २६ माघ। लगानीयोग्य रकम थुप्रिदै गएपछि फागुनमा पनि ब्याजदर घटाउने तयारीमा बैंकरहरु लागेका छन्। कर्जा लगानी धेरै बढ्न नसकेको तर निक्षेप बढ्दै गइरहेकोले बैंकहले फागुनमा थप ब्याजदर घटाउने तयारी गरेका हुन्।

पछिल्लो केहि महिनादेखि बैंकहरुले निरन्तर ब्याजदर घटाइरहेका छन्। तर कर्जा लगानी खासै बढ्न सकेको छैन। केहि बैंकको पूँजीकोष दबावमा रहेको कारण समेत कर्जा लगानी बढाउन सकेका छैनन्। तर यता निक्षेंप भने निरन्तर बढ्दै गएको छ।

बैंकहरुमा लगानीयोग्य रकम बढ्दै जाँदा त्यसले बैंकहरुको लागत मात्रै बढाइरहेको छ। अहिले बैंकहरु पनि धेरै कर्जा लगानी गर्न डराइरहेको अवस्था छ।

अहिले बैंकहरुको सिडि रेशियो ८० प्रतिशतमा झरेको छ। यसले बैंकहरुसँग ५ खर्ब बढी लगानीयोग्य रकम थुप्रिएको देखाउछ। राष्ट्र बैंकले आक्रामक रुपमा कर्जा विस्तारमा सकेत रोकिरहेको कारण बैंकहरु ब्याजदर घटाएर लागत घटाउने पक्षमा देखिएका हु्न्।

फागुनमा पनि औसतमा बैंकिङ्ग क्षेत्रको ब्याजदर घट्ने बैंकरहरु बताउछन्। बैंकहरुले फागुनको लागि माघ अन्तिममा नै ब्याजदर प्रकाशित गर्नुपर्ने हुन्छ। त्यसले गर्दा अहिले नै बैंकहरु ब्याजदर कति घटाउने भन्ने विषयमा आन्तरिक छलफलमा लागेका छन्।

बैंकहरुले निक्षेपको ब्याजदर घटाउदै लाँदा त्यसले कर्जाको ब्याजदर समेत घटाउने छ। अहिले बैंकहरुको आधार दर एकल अंकमा झरेको छ भने कर्जाको औसत ब्याजदर समेत ११ प्रतिशतमा झरेको छ। निक्षेपमा ब्याजदर घट्दो क्रममा रहेकोले फागुनमा कर्जाको ब्याजदर समेत थप घट्ने छ।

सम्बन्धित समाचार