काठमाडौं, २६ पुस । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।
कम्पनीको ५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब कम्पनीको कारोबार प्रति सेयर ४७१.८१ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको अन्तिम कारोबार ४९५.४० रुपैयाँमा भएको थियो ।
कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीले लाभांश र तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले भनेर पुस २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तर पुस २७ शुक्रबार कारोबार नहुने, पुस २८ शनिबार भएकोले आजसम्म कायम सेयरधनीहरुले मात्र घोषणा गरेको लाभांश पाउने छन् ।
