Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अर्थतन्त्र

वित्तीय अनुशासनमा नबस्दा सहकारीमा समस्या: मन्त्री श्रेष्ठ

वित्तीय अनुशासनमा नबस्दा सहकारीमा समस्या: मन्त्री श्रेष्ठ

वित्तीय अनुशासनमा नबस्दा सहकारीमा समस्या: मन्त्री श्रेष्ठ

काठमाडौं, २६ माघ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले वित्तीय अनुशासनमा नबस्दा सहकारी संस्थाहरुमा समस्या आएको बताएकी छिन ।

सहकारी विभागले आयोजना गरेको ‘पोलिसी डाइलग अन कोअपरेटिभ इस्युज विथ कि स्टेकहोल्डर्स’ कार्यक्रमको उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अधिकांश सहकारी संस्था स्थानिय र प्रदेश सरकारको मातहत रहेको र ती संस्थाको प्रभावकारी नियमन नहुँदा सदस्यहरुको बचत समस्यामा परेको बताएकी हुन ।

सहकारी संस्थाको प्रभावकारी नियमनको लागि दोस्रो तहको नियामक निकायको आवश्यकता रहेकाे मन्त्री श्रेष्ठले बताइन् । दोस्रो तहको नियमाक निकाय गठन गरी सहकारी संस्थालाई प्रभावकारी नियमन मार्फत व्यवस्थित बनाउने तर्फ लाग्ने बेला हो । होइन भने यसले समग्र अर्थतन्त्र नै जोखिममा पर्न सक्ने चेतावनी पनि उनले  दिइन् ।

संविधानले सहकारीलाई संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्र विभाजन गरी सहकारीहरुको हस्तान्तरण भइसकेको बताइन । तीन वटै तहलाई ऐन कानुन कार्यान्वयन गर्नेगरी विद्यमान नीतिको परिमार्जन गर्न संघीय प्रणाली बनाउन आवश्यक रहेको पनि उनका भनाइ छ ।

पछिल्लो समय शहरी क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको संख्या र कारोबारमा वृद्धि भएको छ । सदस्यको बचत लिएर जोखिमयुक्त क्षेत्रमा लगानी गरेकाले सर्वसाधारणको बचत असुरिक्षत हुन पुगेको उनको बुझाई छ । सहकारी संस्थाहरूले सदस्यको बचत फिर्ता गर्न नसकेको समस्या बढ्दै गएको भन्दै मन्त्री श्रेष्ठले सहकारी अनुगमनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिइन ।

सहकारी क्षेत्रको सुशासनका साथै नविनतम प्रविधिको प्रयाेग गरी लक्षित वर्गको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्छ । सहकारी ऐनमा व्यवस्था भएको कर्जा सूचना केन्द्र ऋण असुली न्यायाधीकरण र बचत तथा कर्जा सुरक्षण कोष स्थापनाको लागि समेत गोष्ठीमा छलफल गर्नपर्छ । त्यसैगरी स्थिरिकरण कोषलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्न उनले भनिन् ।

नियामक निकायले सहकारी संघ संस्थासँग माग गरेका विवरण समयमा नै पेश गर्न समेत उनको निर्देशन छ । ऐनको परिपालना गर्दै सदस्यको विश्वास जित्नेगरी सहकारीले काम गर्नुपर्ने उनले बताइन । सहकारीका मुल्य मान्यता र सिद्धान्तअनुसार संस्था सञ्चालन गरे सदस्यको विश्वास कायम रहने मन्त्री श्रेष्ठको भनाइ छ । उनले सहकारीको बचतलाई उत्पादन, उपभोग र व्यवसायमा परिचालन गरी आर्थिक रुपान्तरणमा भूमिका खेल्न सक्नु पर्ने पनि बताइन् ।

सम्बन्धित समाचार