Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति घट्यो?

बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति घट्यो?

बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति घट्यो?

काठमाडौं, २९ माघ। वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। १८ वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औषत ब्याजदर ०.३९ प्रतिशतविन्दु घटेको छ।

माघ महिनामा ८.११ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर, फागुनमा घटेर ७.७१ प्रतिशतविन्दुमा सीमित भएको छ।

त्यसैगरी, संस्थागत मुद्दति निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३८६५ प्रतिशतविन्दु घटेको छ।

फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउने बैंक कृषि विकास बैंक रहेको छ। माघ महिनामा व्यक्तिगत मुद्दतिमा ७.२६ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ६.४४३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.८१ प्रतिशतविन्दु घटाएको हो।

फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

सम्बन्धित समाचार