Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सानिमा बैंकद्वारा मान्मस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा मान्मस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि न्यानो लुगा हस्तान्तरण

अर्थ प्लस
सानिमा बैंकद्वारा मान्मस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि न्यानो लुगा हस्तान्तरण

मंगलवार, माघ २९ २०८१
काठमाडौँ । सानिमा बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा विद्यार्थीहरूका लागि न्यानो लुगा वितरण गरेको छ । शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत अन्य विभिन्न क्षेत्रहरूमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बैंकले विद्यार्थीहरूका लागि न्यानो लुगा वितरण गरेको हो ।

सानिमा बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेलगाउँस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको छ ।

कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको हो । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको हो ।

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरू गर्ने योजना जनाएको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरू र १२५ वटा एटिएम सञ्चालनमा रहेका छन् । 

सम्बन्धित समाचार