Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images
बैंकवित्त

कुनै समय हट केकको रुपमा रहने मुक्तिनाथ विकास बैंकको शेयर खस्किँदै, १० लाख जरिवाना तिरेको बैंकको लाभांश समेत घट्दै

कुनै समय हट केकको रुपमा रहने मुक्तिनाथ विकास बैंकको शेयर खस्किँदै, १० लाख जरिवाना तिरेको बैंकको लाभांश समेत घट्दै

कुनै समय हट केकको रुपमा रहने मुक्तिनाथ विकास बैंकको शेयर खस्किँदै, १० लाख जरिवाना तिरेको बैंकको लाभांश समेत घट्दै

काठमाडौं, २९ माघ। शेयर बजारमा विकास बैंकहरु मध्ये मुक्तिनाथ विकास बैंकले दोस्रो बजारमा निक्कै राम्रो मूल्य पाउँदै आएको थियो। उसले दिने लाभांशका कारण पनि दोस्रो बजारमा मुक्तिनाथको शेयर हट केकको रुपमा लिइन्थ्यो।

४० प्रतिशत सम्म लाभांश दिएको बैंकको अवस्था अहिले भने खस्कँदो क्रममा रहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार उसको वितरण योग्य मुनाफा नै नकारात्मक हुन पुगेको छ। अर्को तर्फ चालु वर्ष उसकाे लाभांश दर घटेर १० प्रतिशतमा झर्‍यो। उसको दोस्रो त्रैमासको विवरणलाई आधार मान्ने हो भने आउने वर्ष उसले शेयरधनीको हात खाली पार्ने निश्चित छ। किनकि दोस्रो त्रैमासमा उसको वितरण योग्य मुनाफा ३१ करोड ७२ लाखले नकारात्मक छ। बिस्तारै बैंकले आफ्नो लय गुमाउँदै गएको छ। जसको कारण दोस्रो बजारमा समेत यसको शेयर मूल्य खस्किँदो क्रममा छ। आउने वर्ष खासै धेरै लाभांश दिन नसक्ने प्रक्षेपण गर्दै पुराना शेयरधनी भटाभट शेयर बेचेर निस्कन थालेपछि कम्पनीको शेयर मूल्य घट्दो क्रममा रहेको हो। अहिले कम्पनीको प्रति शेयर मूल्य ३७० रुपैयाँको सेरोफेरोमा छ। जबकि बियरिस ट्रेन्डमा हुँदा समेत कम्पनीको मूल्य यति धेरै तल झर्ने गरेको थिएन।

कम्पनीमा देखिएको संस्थागत सुशासनको कमी र बैंकमा भएका संस्थापक र व्यवस्थापन समूहले गरेको लापरबाहीका कारण कम्पनीको मूल्य दोस्रो बजारमा खस्कँदो त छदै छ, उता वित्तीय विवरण समेत नकारात्मक आउन थालेका छन्। पछिल्लो समय मात्रै नेपाल राष्ट्र बैंकको निर्देशन नमानेका कारण यसले १० लाख रुपैयाँ जरिवाना समेत तिर्नु पर्‍यो। जसले सञ्चालक र व्यवस्थापनको बदमासी प्रमाणित गर्छ। “यस बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजत पत्र प्राप्त संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन नं. १९-२०८० को बुँदा नं.५(१) बमोजिम वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नभएको तथा सोही निर्देशनको बुँदा नं. १४(१) बमोजिम निरन्तर अनुगमन गर्नुपर्ने निर्देशन उल्लङ्घन गरेकाले एकीकृत निर्देशन २०८० मा व्यवस्था भए अनुसार रु.१० लाख नगद जरिवाना गराइएको” नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागबाट गरिएको कारबाही विवरणमा उल्लेख छ।

सम्बन्धित समाचार