Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

बुढानीलकण्ठ हेरिटेज होटेलले शेयर निष्कासनको लागि ग्लोबल आइएमइ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गर्‍यो

बुढानीलकण्ठ हेरिटेज होटेलले शेयर निष्कासनको लागि ग्लोबल आइएमइ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गर्‍यो

बुढानीलकण्ठ हेरिटेज होटेलले शेयर निष्कासनको लागि ग्लोबल आइएमइ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गर्‍यो

काठमाडौं, २९ माघ। बुढानीलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात् प्रति शेयर अंकित मूल्य १०० दरको १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा बुढानीलकण्ठ हेरिटेज लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बाबु काजी कार्की र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरे।

वि.सं. २०७५ सालमा प्रा.ली.को रुपमा दर्ता भई वि.सं २०७८ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको बुढानीलकण्ठ हेरिटेज लिमिटेडको रजिस्टर्ड (केन्द्रीय) कार्यालय बुढानीलकण्ठ नगरपालिका वडा नं. १, काठमाण्डौंमा रहेको छ । संस्थापकहरूको ८५ करोड लगानी रहेको यस कम्पनीको प्राथमिक शेयरको सार्वजनिक निष्कासन पश्चात् चुक्ता पूँजी रु. १ अर्ब पुग्नेछ ।

अन्ताराष्ट्रिय चेन होटेल अन्तर्गत लेमन ट्री प्रिमियरको ब्राण्डबाट सञ्चालन गरी ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले बुढानीलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटेल निर्माण गरेको छ।  आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रबद्र्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड लेमन ट्रि होटल्स लिमिटेडलाई नियुक्त गरेको छ भने लेमन ट्रि ब्राण्डमा विश्वका ५० भन्दा बढी मुलुकका १५० भन्दा बढी होटेलहरू सञ्चालनमा रहेका छन् । लेमन ट्री होटल्स लिमिटेड एक विशाल भारतीय होटेल सञ्जाल भएको कम्पनी रहेको र जसले उच्चस्तरीय, अपर–मिडस्केल, मिडस्केल र इकोनोमी सेगमेन्टहरूमा काम गर्दछ।

यस ग्रुपले आफ्ना पाहुनाहरूको आवश्यकताहरूलाई मध्यनजर गर्दै लेमन ट्री प्रिमियर लगायत विभिन्न ७ वटा ब्राण्डहरु समेत सञ्चालनमा ल्याएको छ ।  लेमन ट्री होटल्स लिमिटेड नेपालमा पहिलो होटेलको रुपमा “लेमन ट्री प्रिमियर बुढानीलकण्ठ” काठमाडौँको फ्रेन्चाईज तथा म्यान्चाईजको जिम्मा लिइसकेको छ। यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी तथा ख्यातिप्राप्त व्यक्तिहरूको लगानी रहेको छ । 

सम्बन्धित समाचार