Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

वाणिज्य बैंकहरुको निक्षेप झन्डै ६० खर्ब, कर्जा प्रवाह ४८ खर्ब २१ अर्ब

वाणिज्य बैंकहरुको निक्षेप झन्डै ६० खर्ब, कर्जा प्रवाह ४८ खर्ब २१ अर्ब

अर्थ प्लस
वाणिज्य बैंकहरुको निक्षेप झन्डै ६० खर्ब, कर्जा प्रवाह ४८ खर्ब २१ अर्ब

काठमाडौं, फागुन ४ । वाणिज्य बैंकहरुको निक्षेप संकलन ६० खर्ब नजिक पुगेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म २० वाणिज्य बैंकहरुले ५९ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । यस्तो निक्षेप गत आवको असार मसान्तसम्म ५७ खर्ब ५५ अर्ब रुपैयाँ थियो ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)का अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा प्रवाह गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ७१ अर्ब रुपैयाँ गरेका थिए ।

उक्त अवधिसम्म वाणिज्य बैंकहरुले ५९ खर्ब ९९ अर्ब रुपैयाँँ निक्षेप संकलन गरेका छन् । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरुले संकलन गरेको निक्षेप ७ खर्ब ३१ अर्ब रुपैयाँँ पुगेको छ ।

वाणिज्य बैंकहरुले ४८ खर्ब २१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । वाणिज्य बैंकको निक्षेप ५९ खर्ब ९९ अर्ब रहँदा कर्जा ४८ खर्ब २१ अर्ब रुपैयाँ रहेको हो । यस अवधिसम्म विकास बैंक र फाइनान्स कम्पनीहरुले ६ खर्ब १३ अर्ब रुपैयाँँ लगानी गरेका छन् ।

यस्तै बैंकहरुको निक्षेपसँगै कर्जा पनि क्रमशः बढ्दै गएको देखिन्छ। पछिल्लो समय बैंकहरुको कर्जा क्रमशः बढ्दै गए पनि केही सुस्त भएको बैंकरहरुले बताएका छन् ।

केन्द्रीय बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ७९.४८ प्रतिशत कायम भएको छ । बैंकहरुले कुल निक्षेप संकलनको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ ।

केन्द्रीय बैंकका अनुसार पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ३९ अर्ब ६ करोड रुपैयाँ बढेको छ । गत वर्ष पुससम्म निक्षेप रकम ३ खर्ब ७७ अर्ब ७ करोड रुपैयाँँ बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ९.९ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार