काठमाडौं, फागुन ७ । ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।
रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन्। उनले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्। उनीसँग बैंकिङ क्षेत्रमा १७ वर्षभन्दा बढीको अनुभव छ।
उनी सन् २००९ मा ग्लोबल आईएमई बैंक लिमिटेडमा प्रवेश गरेका थिए। हाल उनी बैंकको नायब महाप्रबन्धक हुन्। उनी मानव संसाधन निरीक्षण प्रमुख तथा प्रमुख कर्जा अधिकृतको रूपमा कार्यरत छन्।
