Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

NEW NISSAN MAGNITE को फेसलिफ्ट संस्करण नेपालमा सार्वजनिक, सुरुआती मूल्य ३४ लाख ७५ हजार

NEW NISSAN MAGNITE को फेसलिफ्ट संस्करण नेपालमा सार्वजनिक, सुरुआती मूल्य ३४ लाख ७५ हजार

अर्थ प्लस
NEW NISSAN MAGNITE को फेसलिफ्ट संस्करण नेपालमा सार्वजनिक, सुरुआती मूल्य ३४ लाख ७५ हजार

शुक्रबार, फागुन ९, २०८१
काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले NISSAN MAGNITE को नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ ।

यो नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य ३४ लाख ७५ हजार रुपैयाँदेखि सुरू हुने बताइएको छ । नयाँ म्याग्नाइट अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू, र अत्याधुनिक प्रविधिसहित आएको छ, जसले उत्कृष्ट मूल्यलाई कायम राख्दै अतुलनीय ड्राइभिङ अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

म्याग्नाइट लाइनअप चारवटा ‘रिफ्रेस्ड’ भेरियन्टहरूमा उपलब्ध छ, जसमा ‘भिजिया’, ‘एक्सेन्टा’, ‘एन-कनेक्टा’, र ‘टेक्ना–प्लस’ समावेश छन् । उपलब्ध हरेक विशेषतासहितको शीर्ष भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँसम्म पर्न जाने बताइएको छ ।

NISSAN MAGNITE को नयाँ फेसलिफ्टको आधिकारिक सार्वजनिकिकरण कार्यक्रम शुक्रबार, ९ फागुनमा थापाथलीस्थित निसानको सोरुममा सम्पन्न भएको हो । NEW NISSAN MAGNITE फेसलिफ्टले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषताहरू र कुल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको छ ।

यसको ‘हाइ–टेन्साइल स्टिल केज बडी’ र ‘इम्प्याक्ट (अबजोर्विङ कम्पोनेन्ट’हरूले उत्कृष्ट सुरक्षा प्रदान गर्दछ । यसमा ६ वटा एयरब्याग ९२ अगाडि, २ छेउमा, र २ कर्टेन एयरब्याग) उपलब्ध छन्, जुन सबै भेरियन्टहरूमा स्ट्यान्डर्ड रूपमा समावेश गरिएको छ । 

सम्बन्धित समाचार