Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

महालक्ष्मी विकास बैंकबाट नयाँ वर्ष लक्षित १०.९९ प्रतिशतमै पाइन्छ विभिन्न यी कर्जा योजनाहरु

महालक्ष्मी विकास बैंकबाट नयाँ वर्ष लक्षित १०.९९ प्रतिशतमै पाइन्छ विभिन्न यी कर्जा योजनाहरु

महालक्ष्मी विकास बैंकबाट नयाँ वर्ष लक्षित १०.९९ प्रतिशतमै पाइन्छ विभिन्न यी कर्जा योजनाहरु

काठमाडौं, फागुन १ । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष लक्षित विभिन्न कर्जा योजनाहरु ल्याएको छ । १०.९९ प्रतिशत ब्याजदरमै पाइने विभिन्न कर्जा योजनाहरु अन्तर्गत बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी ल्याएको जनाएको छ ।  योजनाहरु महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको हो । 

सो योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गर्ने बैंकले जनाएको छ । 

 स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशत सम्म छुट :


 यी तीनै प्रकारको कर्जाहरुमा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशत सम्म छुट प्रदान गर्ने बैंकको प्रेस विज्ञप्तिमा भनेको छ ।  यस्तैगरी आवश्यक सम्पुर्ण कागजात प्राप्त भएको ३ कार्य दिनभित्र नै कर्जा प्रवाह गर्ने बैंकको दाबी छ । 

उक्त योजना अनुसार आवासीय÷व्यापारिक घर÷जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप÷पुर्ननिर्माण÷मर्मत सम्भार गर्न महालक्ष्मी घर कर्जा अन्तर्गत न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी रु. ५ करोडसम्मको कर्जा प्रदान गर्ने छ । 

१५ वर्षको अवधि  सम्मको लागि १०.९९ प्रतिशतमा व्यवसायिक कर्जाः

साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखि १५ वर्षको अवधि  सम्मको लागि १०.९९ प्रतिशतमा व्यवसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ ।

त्यसैगरी, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा  ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिनेछ । सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधि २ वर्ष र अधिकतम अवधि ५ वर्षसम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशतसम्म कर्जा पाइने छ । 

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले वित्तीय सेवा प्रवाह गरिरहेको संस्था हो । 

यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै  गत पुस २८ गते सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

सम्बन्धित समाचार