Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले स्टे होटल भ्याली भ्यूमा विशेष छुट पाउने

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले स्टे होटल भ्याली भ्यूमा विशेष छुट पाउने

अर्थ प्लस
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले स्टे होटल भ्याली भ्यूमा विशेष छुट पाउने

आइतवार, फागुन ११ २०८१
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरूले र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूमा विशेष छुट पाउने भएका छन् । बैंकका आफ्ना ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट उपलब्ध गराउन भ्याली भ्यू र सांग्रिला डेभलपमेन्ट बैंकबिच सम्झौता भएको हो ।

जसअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा सांग्रिला डेभलपमेन्ट वैंकको डेविड कार्ड वा क्यूआर कोड मार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् ।

यस्तै, बैंकका कर्मचारीलाई २० प्रतिशत छुट दिइने छ । यस सम्बन्धि सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्र बहादुर खड्का र स्टे होटल भ्याली भ्यूका म्यानेजिङ डाइरेक्टर तर्क बहादुर शाहीले आज फागुन ११ गते हस्ताक्षर गरेका छन् ।

यो सम्झौता दुई बर्षका लागि लागू हुने छ । यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैकका ग्राहक महानुभावलाई फाइदा पुग्ने विश्वास यस बैंकले लिएको छ । आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने बैंकको प्रतिवद्धता रहेको बैंकले जनाएको छ । 

सम्बन्धित समाचार