Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

बैंक तथा वित्तीय संस्थाले बढी भएको तरलता यसरी राख्न सक्छन् राष्ट्र बैंकमा, चार दिनको लागि निक्षेप राख्न सक्ने

बैंक तथा वित्तीय संस्थाले बढी भएको तरलता यसरी राख्न सक्छन् राष्ट्र बैंकमा, चार दिनको लागि निक्षेप राख्न सक्ने

बैंक तथा वित्तीय संस्थाले बढी भएको तरलता यसरी राख्न सक्छन् राष्ट्र बैंकमा, चार दिनको लागि निक्षेप राख्न सक्ने

काठमाडौं, फागुन २ । बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा बढी भएको तरलता निश्चित ब्याजदरमा राष्ट्र बैंकमा राख्न सक्ने भएका छन्। बैंकहरुले राष्ट्र बैंकले तोकेका सर्तहरु पुरा गरी राष्ट्र बैंकमा निक्षेप राख्न सक्ने भएका हुन्।

स्थायी निक्षेप सुविधा लिन चाहने योग्य काउण्टरपार्टीले तोकिएको बैंकिङ्ग कारोबार समय भित्र निवेदन र कारोबार विवरण विभागमा पेश गर्नुपर्नेछ । काउण्टरपार्टीको निवेदनमा कम्तिमा २ जना आधिकारिक खाता सञ्चालकको दस्तखत र संस्थाको छाप लागेको हुनुपर्नेछ ।

स्थायी निक्षेप सुविधा उपयोग गर्नका लागि रीतपूर्वकको निवेदन पेश गरेका काउण्टरपार्टीको नाममा सोही दिन राष्ट्र बैंकमा निक्षेप रकम जम्मा गरिने छ । यसरी जम्मा गरिएको निक्षेप वापत प्रमाणपत्र प्रदान गरिनेछ ।

भुक्तानी अवधि समाप्त भएपछि निर्धारित ब्याजसहित सो निक्षेप रकम सम्बन्धित काउण्टरपार्टीको खातामा जम्मा हुनेछ । भुक्तानी मिति अगावै सम्बन्धित काउण्टरपार्टीलाई निक्षेप फिर्ता दिइने छैन ।

स्थायी निक्षेप सुविधामा जम्मा रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिनेछ ।

  • कस्ता बैंक तथा वित्तीय संस्थाले पाउछन स्थायी निक्षेप सुविधा

स्थायी निक्षेप सुविधा लिनको लागि राष्ट्र बैंकले निश्चित सर्त तोकेको छ। अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको, पछिल्लो तीस दिनको दैनिक कर्जा निक्षेप अनुपात तोकिएको सीमा भित्र रहेको, पछिल्लो तीस दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको र काउण्टरपार्टीले सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको बैंक तथा वित्तीय संस्थाले यो सुविधा पाउने छन्।

स्थायी निक्षेप सुविधाको न्यूनतम रकम २० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्नेछ । काउण्टरपार्टीलाई यो सुविधा हरेक आइतबार र बुधबार दिनमा एकपटक मात्र उपलब्ध गराइने छ । तर उक्त दिन सार्वजनिक विदा भएमा तत्पश्चात बैंक खुलेको दिन यो सुविधा उपलब्ध गराइने छ ।

यो सुविधा चार दिन अवधिका लागि उपलब्ध हुनेछ । तर भुक्तानी मितिमा बैंक विदा पर्ने अवस्थामा विदाको अघिल्लो दिनमा भुक्तानी हुने गरी कम अवधिका लागि समेत प्रदान गर्न सकिने छ ।

 

सम्बन्धित समाचार