Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

महालक्ष्मी विकास बैंकद्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

अर्थ प्लस
महालक्ष्मी विकास बैंकद्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंकले फागुन १५ र १६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइ दिने कार्यशाला अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं. १ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथनको सम्पन्न गरेकाे छ ।

बैंकका अनुसार दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बैंकले दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ।

वाकाथन बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न भएकाे बैंकले जानकारी दिएकाे छ । बैंकका अनुसार यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्नेछ ।

बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढे। साेहि अवसरमा, हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइयो।

महालक्ष्मी विकास बैंकले १०३ शाखाहरू संचालन गर्दै ८ लाख ग्राहकहरूमा विश्वसनीय सेवा पुर्याइरहेको छ।

सम्बन्धित समाचार