काठमाडौं, २६ पुस । साल्ट ट्रेडिङले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।
कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिती भने तय गरेको छैन ।
