Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अर्थतन्त्र

नयाँ बजेट निर्माण प्रकृयामा ‘तौलिया अर्थतन्त्र’ को हिसाब किताब

नयाँ बजेट निर्माण प्रकृयामा ‘तौलिया अर्थतन्त्र’ को हिसाब किताब

नयाँ बजेट निर्माण प्रकृयामा ‘तौलिया अर्थतन्त्र’ को हिसाब किताब

काठमाडौं, फागुन ३ । गत वर्षको आम चुनावपछि अनपक्षित रुपमा एमाले माओवादी गठवन्धन बन्यो र अर्थमन्त्री भए, एमाले उपाध्यक्ष विष्णु पौडेल ।

तत्कालिन अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष अर्थात २०७९ माघ १७ गते मन्त्री स्तरिय निर्णय गरेर देशको अर्थतन्त्र  डामाडोल रहेको भन्दै सरकारी निकायहरुको खर्च कटौतीको घोषणा गरे । १४ वुँदे उक्त घोषणामा सरकारी निकायले गोष्ठी, सेमिनार नगर्ने, विदेश भ्रमणमा रोक्का गर्ने, अनावश्यक समानहरु खरिद नगर्ने आदी इत्यादी  विषयहरु थिए ।

१४ बुँदे घोषणामा तोकेरै उल्लेख नगरिए पनि सरकारी हाकिमहरुको नजरमा हाकिमहरुको कुर्सीको पछाडि राखिने तौलिया पर्यो । र, धेरै हाकिमहरुले तौलिया खरिदमा कडाई गरे ।

सरकारी कार्यालयहरुले घोषित रुपमा बजेटमा नराखीकनै तौलिया खरिद गर्छन् । हरेक पटक हाकिम वा घुम्ने कुर्सीमा बस्ने जुनसुकै कर्मचारीको सरुवा भए पनि तौलिया परिवर्तन हुन्छ । एउटा व्यक्तिले प्रयोग गरिरहेको तौलिया अर्काे व्यक्तिले प्रयोग गर्ने कुरा पनि भएन, त्यस माथि हाकिमको सरुवा नै नभएपनि २/३ महिनामै तौलिया फेरिन्छ । त्यस्ले गर्दा हरेक कार्यालयहरुका हरेक वर्ष तौलिया खरिदमा हजारौं रुपैयाँ खर्च हुने गरेको छ ।

त्यसमध्ये सरकारी निकायहरुले कति खरिद गर्छन् भन्ने यकिन तथ्याङक कुनै पनि निकायसँग छैन । देशभरका हजारौं सरकारी अड्डाहरु, ती कार्यालयको घुम्ने कुर्सीमा बस्ने अधिकारीहरुको संख्या आँकलन गर्ने हो भने नेपालमा वार्षिक रुपमा कति  तौलिया आयात हुन्छ भन्ने मोटामोटी आँकलन गर्न सकिन्छ । झट्ट हेर्दा ‘जाबो तौलिया’ लागे पनि तौलियाको अर्थतन्त्र सानो छैन भन्ने स्पष्ट हुन्छ ।

त्यही कारण गतवर्ष तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले फजुल खर्च नियन्त्रण गर्ने निर्णय गरेपछि केही समय ठूलो हो हल्ला भयो, केही मात्रामा  त्यो निर्णय कार्यान्वयन पनि भयो । तर, लगत्तै सरकार परिवर्तन भयो र केही दिन पछि पौडेल बाहिरिए । त्यसपछि खर्च कटौतीको निर्णय फिर्ता त गरिएन, प्रभावकारी कार्यान्वयन भने भएन । तर तौलिया खरिद माथिको कडाई भने अहिले पनि लगभग उस्तै छ । ठूला भनिएका कार्यालयहरुमा मनमौजी भए पनि साना भनिएका सरकारी कार्यालयहरु भने अहिले तौलिया खरिद (अथवा त्यस्तै त्यस्तै स-साना खरिदका प्रकृया) मा कडारुप अपनाइरहेका छन् । त्यही कारण सरकारी अधिकारीहरु नयाँ बजेटको कुरा गर्दा ‘तौलिया अर्थतन्त्रको हालत जस्तै’ भन्ने गर्छन् ।

तौलिया अर्थतन्त्रको अघोषित भाष्य के हो भने साना कुरामा कडाई गर्ने र ठूला कुरामा वास्ता  नगर्ने, त्यस्ले गर्दा अर्थतन्त्रमा खासै ठूलो अपेक्षित प्रभाव पर्दैन । तत्कालिन अर्थमन्त्री पौडेलले कडाई गरेपछि यताको करिब १ वर्षको अवधिमा तौलिया खरिदको अवस्था र अर्थतन्त्रको हालत हेर्ने हो भने पनि धेरै कुरा छर्लंग हुन्छ ।

अर्काे रमाइलो कुरा के छ भने तत्कालिन अर्थमन्त्री पौडेलले तौलिया अर्थतन्त्र माथि कडाई त गरे, तर कार्यालयहरुले खरिद गर्ने टिस्यु पेपर र नेप्किनहरुमा भने कुनै कडाई गरेनन् । तौलियालाई फजुल खर्चको रुपमा लिने अर्थमन्त्रालयका अधिकारीहरुले टिस्यु र नेप्किनलाई आवश्यक वस्तुको रुपमै लिए । त्यसले गर्दा तौलियाको लागि हुने खर्च भन्दा टिस्यु र नेप्किन खरिदमा  गरिने खर्च निकै ठूलो भएको सरकारी अधिकारीहरु अनुमान गर्छन्। तर, त्यसलाई ‘जाबो’ भन्दै कुनै चासो राखिएको छैन।

स्मरणरहोस् प्रशासनिक क्षेत्रका ज्ञाताहरु २०३०-४० को दशकदेखि नै काठमाडौं उपत्यका र मध्यपहाडी क्षेत्रमा विस्तारै गर्मी बढ्दै गएसँगै सरकारी कार्यालयहरुमा ‘तौलिया संस्कृति’ भित्रिएको बताउँछन्, जुन अहिले मौलाएको छ ।

सम्बन्धित समाचार