Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

‘ग्लोबल मनि विक २०२५’का अवसरमा राष्ट्र बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने

‘ग्लोबल मनि विक २०२५’का अवसरमा राष्ट्र बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने

अर्थ प्लस
‘ग्लोबल मनि विक २०२५’का अवसरमा राष्ट्र बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने

काठमाडौं, फागुन २५ । नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’का अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।

केन्द्रीय बैंकले उक्त अवसरमा नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, बैंक तथा वित्तीय       संस्थाका प्रादेशिक तथा शाखा कार्यालयहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यो कार्यक्रमको संयोजन राष्ट्र बैंकले गर्नेछ ।  

राष्ट्र बैंकले आगामी चैत्र ४ देखि ११ गतेसम्म कार्यालयको अवलोकन, वित्तीय शिक्षा÷साक्षरता,  वित्तीय सचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम कार्यालयको सभाहलमा  आयोजना गर्ने जनाएको छ ।

यस्तै चैत्र ८ गते शुक्रबारका दिन रुपन्देही जिल्लास्थित क्याम्पस (स्नातक तह)मा अध्ययनरत विद्यार्थीहरुबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ ।

हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा ग्लोबल मनी विक मनाइन्छ । यसै सन्दर्भमा आगामी मार्च १७ देखि २३ ९२०८१ चैत ४ देखि १०० सम्म 'Think before you follow, wise money tomorrow' भन्ने नाराका साथ ग्लोबल मनी विकको १३ औं संस्करण मनाउन लागिएको हो ।  

‘ग्लोबल मनी विक’ मूलतःकिशोररकिशोरी तथा युवारयुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

 

सम्बन्धित समाचार