Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
सेयर बजार

प्रतिकित्ता १०० रुपैयाँ पुग्न हम्मे परेको शेयर दैनिक सर्किटमा कारोबार हुँदै १,५०० पुग्याे

प्रतिकित्ता १०० रुपैयाँ पुग्न हम्मे परेको शेयर दैनिक सर्किटमा कारोबार हुँदै १,५०० पुग्याे

प्रतिकित्ता १०० रुपैयाँ पुग्न हम्मे परेको शेयर दैनिक सर्किटमा कारोबार हुँदै १,५०० पुग्याे

काठमाडौ, फागुन ३ । कुनै समयमा प्रति कित्ता एक सय रुपैयाँ पुग्न हम्मे हम्मे परेको समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आज झन्डै १५ सय रुपैयाँमा पुगेको छ ।

कारोबारमा आएपछि निरन्तर रुपमा बढेको उक्त लघुवित्तको शेयर आज बिहीबारको बजारमा प्रतिकित्ता एक हजार ४८६.६० रुपैयाँमा कारोबार भइरहेको छ । लघुवित्तको शेयर कारोबारमा आएदेखि ८० कारोबार दिनसम्म निरन्तर बढेको हो ।

सूचीकृत भएको तीन वर्षपछि दोस्रो बजारमा कारोबारमा आएको उक्त लघुवित्तको पहिलो कारोबार भने ७२ रुपैयाँ १० पैसामा भएको थियो । आईपीओमा खरिद गरेको भन्दा न्यून मूल्यमा कारोबार खुलेपछि लघुवित्तको शेयर बिक्री गर्न कोहि इच्छुक देखिएका थिएनन । पछिल्ला कारोबार दिनमा दैनिक सकारात्मक सर्किट लेबलमा बढेर कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार