Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
बैंकवित्त

सिटिजन्स बैंकद्वारा महिला जागृती तथा वृद्धा आश्रम विराटनगरलाई सहयोग

सिटिजन्स बैंकद्वारा महिला जागृती तथा वृद्धा आश्रम विराटनगरलाई सहयोग

सिटिजन्स बैंकद्वारा महिला जागृती तथा वृद्धा आश्रम विराटनगरलाई सहयोग

काठमाडौ, फागुन ३ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिला जागृती तथा वृद्धा आश्रम विराटनगरलाई सहयोग प्रदान गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढीगंगा गाँउपालिका ०१, पुष्पलाल चोक विराटनगरमा अवस्थित महिला जागृती तथा वृद्धा आश्रमलार्ई सहयोग प्रदान गरेको हो । 

ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६ महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य  सामाग्रीहरु उपलब्ध गराएको छ  । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ । 

वृद्धा आश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलज्यूले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । 

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धा महिलाले संचालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको कुरा व्यक्त गरे । 

उनले दिन दुःखी वृद्धाहरुलाई सानो भएतापनि सहयोग गरेर समाज प्रतिको उत्तरदायित्व बोध गर्न पाँउदा हर्षित भएको पनि बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख १९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वाट जिल्लामा सेवा प्रदान गर्नेछ ।

सम्बन्धित समाचार