Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
पर्यटन

सात महिनामा २२ अर्ब ६८ करोड विदेशी लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण

सात महिनामा २२ अर्ब ६८ करोड विदेशी लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण

सात महिनामा २२ अर्ब ६८ करोड विदेशी लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण

उद्योग विभागको अनुसार माघसम्म २ सय ४१ उद्योग तथा परियोजनामार्फत २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको हो ।

काठमाडौ, फागुन ३ । चालू आर्थिक वर्ष २०८०/८१ को सात महिनामा २२ अर्ब ६८ करोड १५ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागको तथ्याङ्कअनुसार माघ मसान्तसम्म कुल दुई सय ४१ उद्योग तथा परियोजनामार्फत  २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको हो । 

लगानीको स्वीकृति पाएका कुल उद्योगमध्ये दुई सय २६ साना रहेका छन् भने १२ वटा मझौला र तीनवटा ठूला परियोजना रहेका विभागले जनाएको छ । 

पर्यटनमा आकर्षण

प्रत्यक्ष वैदेशिक लगानीको ठूलो हिस्सा पर्यटनमा आइरहेको पाइएको छ । ७ महिनामा आएका कुल प्रस्तावमध्ये ४५ प्रतिशत पर्यटनमा छन् । पर्यटनका एक सय आठ परियोजनामार्फत यो लगानी आउने छ । यो क्षेत्रमा ८६ परियोजनाले एफडिआईको स्वीकृति पाएका छन् । जसमा कुल प्रस्तावित लगानीमध्ये ३६ प्रतिशत प्रतिबद्धता जनाइएको छ । 

यस्तै, म्यानुफ्याक्चरिङतर्फ २८ परियोजना, खानीतर्फ दुई, पूर्वाधारतर्फ पाँच, सूचना प्रविधितर्फ आठ, कृषितर्फ चार उद्योग तथा परियोजनाले लगानीको स्वीकृति पाएको विभागले जनाएको छ । जुन उद्योगमा कुल प्रस्तावित विदेशी लगानीमध्ये क्रमशः ११ प्रतिशत, एक प्रतिशत, दुई प्रतिशत, तीन प्रतिशत र दुई प्रतिशत लगानी आउने विभागले जनाएको छ ।  

माघमा मात्रै साढे ३४ करोडको लगानी स्वीकृत 

उद्योग विभागले माघ महिनामा मात्रै १५ वटा उद्योग तथा परियोजनामा ३४ करोड ५० लाख रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको छ । जसमा १५ वटै साना उद्योग रहेका छन् । 

यीमध्ये पर्यटनमा पाँच, सर्भिस क्षेत्रमा तीन, पूर्वाधारमा एक, सूचना प्रविधि क्षेत्रमा एक, म्यानुफ्याक्चरिङ क्षेत्रमा पाँचवटा उद्योग रहेका छन् । 

अहिलेसम्म ६ हजार ९८ उद्योग तथा परियोजनाले विदेशी लगानीको स्वीकृति पाएका छन् । यी उद्योग तथा परियोजनामा चार खर्ब ७२ अर्ब ५९ करोड रुपैयाँ एफडिआई स्वीकृत भएको विभागले जनाएको छ । 

सम्बन्धित समाचार