Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सांग्रिला डेभलपमेन्ट बैंकले “बुद्धभुमि बचत खाता” सञ्चालनमा, ग्राहकले पाउनेछन् यस्ता सुविधा

सांग्रिला डेभलपमेन्ट बैंकले “बुद्धभुमि बचत खाता” सञ्चालनमा, ग्राहकले पाउनेछन् यस्ता सुविधा

अर्थ प्लस
सांग्रिला डेभलपमेन्ट बैंकले “बुद्धभुमि बचत खाता” सञ्चालनमा, ग्राहकले पाउनेछन् यस्ता सुविधा

शुक्रबार, चैत १, २०८१
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उच्च र आकर्षक ब्याजदरसहितको बुद्ध भूमि बचत खाता सञ्चालनमा ल्याएको प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बताएका छन् ।

यहि चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसरका रुपमा रहेको बैंकले विश्वास लिएको छ।

५ हजार रूपैयाँ न्यूनतम ब्यालेन्समा खोल्न सकिने यो खातामा ग्राहकले बैंंकले प्रदान गर्ने अधिकतम (हाललाई ५ प्रतिशत)  ब्याज पाउनुका साथै व्याज दैनिक गणना गरी हरेक त्रैमासमा खातामा जम्मा हुने बैंकले जनाएको छ । यो खाता १८ वर्ष पुगेका सबै नागरिकले खोल्न मिल्नेछ ।

यो खाता खोल्ने ग्राहकले निःशुल्क चेक, भिसा डेविट कार्ड, मोबाइल बैंकिङ र एसएमएस सेवा, पाउनुका साथै यस सांग्रिला डेभलपमेन्ट बैंकका कुनै पनि शाखाको बैंकिङ सुविधा उपयोग गर्न पाइनेछ । खाता खोल्ने ग्राहकलाई निःशुल्क डीम्याट खाता खोल्ने र मेरो सेयरको दर्ता गर्ने सुविधा पनि उपलब्ध हुनेछ भने पहिलो वर्ष लकर सुविधामा ५० प्रतिशत छुट उपलब्ध हुने छ।

ग्राहकहरूको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक आगामी दिनमा आफ्नो सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त  गरेको छ । 

सम्बन्धित समाचार