Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
पर्यटन

पर्यटन आगमन बढ्दा होटलहरुको आम्दानीमा आकर्षक बृद्धि, वित्तीय अवस्था सुधारिदै

पर्यटन आगमन बढ्दा होटलहरुको आम्दानीमा आकर्षक बृद्धि, वित्तीय अवस्था सुधारिदै

पर्यटन आगमन बढ्दा होटलहरुको आम्दानीमा आकर्षक बृद्धि, वित्तीय अवस्था सुधारिदै

काठमाडौँ, फागुन ४ । पर्यटन आगमन बढ्दा होटलहरुको आम्दानीमा सुधार भएको छ। पछिल्लो समय पर्यटक आगमन बढ्दै गएको छ भने आन्तरिक पर्यटकको पनि चहलपहल बढेको छ। यसले गर्दा होटलहरुको आम्दानी बढ्दै गएको हाे।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेप्सेमा सूचीकृत ६ वटै होटलले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेका छन्। ६ होटलमध्ये सिटी होटल भने घाटामा छ अन्य सबै होटल नाफामा छन्। सिटी होटलले पनि आफ्नो घाटालाई कम गर्दै लगेको देखिन्छ।

कोभिड महामारी पश्चात चालु आर्थिक वर्षमा पर्यटक आगमन संख्या उल्लेख्य बढेको नेपाल राष्ट्र बैंकको तथ्याँकले देखाउछ। सन् २०२३ मा करिव १० लाख १५ हजार पर्यटकको आगमन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६५ प्रतिशतले बढी हो। २०२३ जनवरीमा करिव ५५ हजार पर्यटकको आगमन भएकोमा २०२४ जनवरीमा ७९ हजारभन्दा बढी संख्यामा पर्यटकहरुको आगमन भएको छ । चालु आर्थिक वर्ष पनि पर्यटन आगमन सन्तोषजनक रहने राष्ट्र बैंकको अनुमान छ। पर्यटक आगमनसँगै बाह्य पर्यटनबाट हुने भ्रमण आयसमेत उल्लेख्य बढेको छ। यसले होटलहरुको आम्दानी बढाएको हो।

  • सोल्टीको नाफा सबैभन्दा धेरै 

विवरण अनुसार सोल्टी होटलको नाफा सबैभन्दा धेरै छ। होटलले चालु आर्थिक वर्षको ६ महिनामा २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.६४ प्रतिशतले धेरै हो।

यसैगरी तारागाँउ रिजेन्सी होटलले पनि १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको तुलनामा ७१.०७ प्रतिशतले धेरै हो।

चन्द्रागिरी हिल्सले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको तुलनामा २२.०७ प्रतिशतले धेरै हो। ओरियन्टल होटलले पनि गत वर्षको तुलनामा ४६.२४ प्रतिशतले नाफा बढाएर दोस्रो त्रैमाससम्ममा ५ अर्ब ३४ करोड रुपैयाँ कमाएको छ।

 

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ९८ लाख रुपैयाँले घाटामा रहेको कालिन्चोक दर्शन चालु आर्थिक वर्षको सोहि अवधिमा ६४ लाख ३४ हजार रुपैयाँले नाफामा देखिएको छ। यस्तै सिटी होटल गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड रुपैयाँले घाटामा रहेकोमा यस वर्ष ११ करोड रुपैयाँ मात्र घाटामा छ।

नाफा बढेसँगै होटलहरुको प्रतिशेयर आम्दानी पनि राम्रो देखिएको छ। होटलहरुमा तारागाँउ रिजेन्सी होटलको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै १९ रुपैयाँ छ भने ओरियन्टल होटलको ९ रुपैयाँ, चन्द्रागिरी हिल्सको ८ रुपैयाँ, सोल्टी होटलको ५ रुपैयाँ र कालिन्चाेक दर्शनको २ रुपैयाँ छ। सिटी होटलको भने प्रतिशेयर आम्दानी ऋणात्मक छ।

ओरियन्टल होटलको नेटवर्थ सबैभन्दा धेरै ३४२ रुपैयाँ छ भने तारागाँउ रिजेन्सी होटलको नेटवर्थ १४५ रुपैयाँ छ। अन्य होटलको भने १०० रुपैयाँभन्दा कम छ। सोल्टी होटलको प्रतिशेयर १० रुपैयाँ अंकित मूल्यको शेयर भएकोले उसको प्रतिशेयर नेटवर्थ २६ रुपैयाँ छ जुन सकारात्मक हो।

यस वर्ष कालिन्चोक दर्शनको आम्दानी सबैभन्दा धेरै ६५३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुससम्ममा ४५ लाख रुपैयाँ मात्रै आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ४३ लाख आम्दानी गरेको छ। यस्तै ओरियन्टल होटलको आम्दानी २७ प्रतिशतले बढेको छ भने तारागाँउ रिजेन्सी होटलको २० प्रतिशत, सिटी होटलको १४ प्रतिशत, चन्द्रागिरी हिल्सको १२ प्रतिशत र सोल्टी होटलको ९ प्रतिशतले बढेको छ।

  • ओरियन्टलको रिजर्भ सबैभन्दा मजबुद

ओरियन्टल होटलको रिजर्भ सबैभन्दा मजबुद देखिएको छ। कम्पनीको जगेडा कोषमा २ अर्ब ७३ करोड रुपैयाँ छ भने सोल्टी होटलको जगेडा कोषमा १ अर्ब ४८करोड ४८ लाख, तारागाँउ रिजेन्सी होटलको जगेडा कोषमा ८६ करोड रुपैयाँ छ। अन्य तीन कम्पनीको भने जगेडा कोष ऋणात्मक छ।

 

सम्बन्धित समाचार