Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’को डिजिटल संस्करण सार्वजनिक

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’को डिजिटल संस्करण सार्वजनिक

अर्थ प्लस
महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’को डिजिटल संस्करण सार्वजनिक

आइतवार, चैत ३ २०८१
काठमाडौँ । महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’को डिजिटल संस्करण बैंकको केन्द्रिय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । परम्परागत रूपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्य अनुरूप डिजिटल संस्करण सार्वजनिक गरिएको हो ।

महत्वपुर्ण चाडपर्वहरू, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरूलगायतका सम्पूर्ण  विषयवस्तुहरू डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।

नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरूको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरूको संस्कृतीलाई सम्र्बद्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

महालक्ष्मी क्यालेन्डर २०८२ यस बैंकको आधिकारिक वेभसाइट मार्फत वा तल उल्लेखित लिंक मार्फत हेर्न-डाउनलोड गर्न सकिनेछ । बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’  सञ्चालनमा ल्याएको छ । 

सम्बन्धित समाचार