Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

प्रभु बैंकद्वारा बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ अवसरमा वित्तीय साक्षरता र्‍याली सम्पन्न

प्रभु बैंकद्वारा बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ अवसरमा वित्तीय साक्षरता र्‍याली सम्पन्न

अर्थ प्लस
प्रभु बैंकद्वारा बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ अवसरमा वित्तीय साक्षरता र्‍याली सम्पन्न

सोमबार, ०४ चैत्र २०८१
काठमाडौं । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेश कार्यालयको आयोजनामा बागलुङ जिल्लाको पश्चिमी क्षेत्र बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा एक वित्तीय जनचेतनामूलक र्‍याली सम्पन्न भएको छ।

“अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरूका कुरा सुनौं तर आधिकारिक कुरा सुनी निर्णय गरौं।” भन्ने मूल नाराका साथ आयोजित यस र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गर्दै स्थानीय बासिन्दा तथा व्यापारीलाई वित्तीय साक्षरताको सन्देश प्रवाह गरेको थियो।

र्यालीमा सहभागीहरूले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सन्देश लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका थिए। कार्यक्रममा प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले वित्तीय शिक्षा र सचेतनाको महत्त्वलाई प्रकाश पार्दै बालबालिका, वृद्ध तथा युवापुस्तालाई बचत, लगानी तथा वित्तीय योजना बनाउन उत्प्रेरित गर्ने यस्ता कार्यक्रमहरूको आवश्यकता रहेको उल्लेख गरे। उनले प्रभु बैंकले आगामी दिनहरूमा पनि वित्तीय साक्षरतासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

यस र्‍यालीको मुख्य उद्देश्य बालबालिकादेखि युवापुस्तासम्मलाई वित्तीय अनुशासन, बचतको महत्त्व तथा सही लगानीको ज्ञान प्रदान गर्नु थियो। स्थानीय समुदायको सक्रिय सहभागितासहित सम्पन्न यस कार्यक्रमप्रति सहभागीहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए।

र्‍याली सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई प्रभु बैंक बुर्तिबाङ शाखाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

सम्बन्धित समाचार