Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल बैंकको ६५औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल बैंकको ६५औं वार्षिक साधारणसभा सम्पन्न

अर्थ प्लस
नेपाल बैंकको ६५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभा चैत ६ गते बुधबार समपन्न भएको छ। सभा नेपाल एपिएफ क्लब, हलचोक काठमाडौंमा सम्पन्न भएको हो।

सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीले गरेका थिए। उक्त सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरू पारित गरेको छ।

त्यस्तै सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम चालू आर्थिक वर्षको लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सर्वसम्मतरूपमा पारित गरेको छ ।

बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा उच्च अदालत, पाटनको अल्पकालिन अन्तरिम आदेशबाट रोकिएको छ ।

सम्बन्धित समाचार