Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिटिजन्स बैंकको वित्तीय साक्षरताका कार्यक्रम सातवटै प्रदेशमा सम्पन्न

सिटिजन्स बैंकको वित्तीय साक्षरताका कार्यक्रम सातवटै प्रदेशमा सम्पन्न

अर्थ प्लस
सिटिजन्स बैंकको वित्तीय साक्षरताका कार्यक्रम सातवटै प्रदेशमा सम्पन्न

काठमाडौं, चैत ११ । सिटिजन्स बैंकले ग्लोबल मनि विक २०२५ सम्पन्न गरेको छ । बैंकले थिंक बिफोर यू फलो, वाइज मनि टूमरो भन्ने मूल नाराका साथ गत चैत्र ४ गते देखि १० गते सम्म सञ्चालन भएको ग्लोबल मनि विक २०२५ सम्पन्न गरेको हो ।

ग्लोबल मनि विक अन्तर्गत बैंकले ७ वाटै प्रदेशका आफ्ना ४९ शाखा कार्यालयहरू बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । कोशी प्रदेशको भोजपूर, महेन्द्रचोक विराटनगर, विर्तामोड, इटहरी, कर्सिया र शहिदभूमि, मधेश प्रदेशको वीरगन्ज, निजगढ, बोदेबर्साइ र जनकपूर, बाग्मती प्रदेशको भरतपुर, भैंसेपाटी, मनहरी, मंगलपूर, चरिकोट, नारायणगढ, नारायणगोपाल चोक, धुमबाराही, ग्वार्खो, नयाँबजार, हरिहरपूरगढी, ज्यामिरे, टाँडी, कुलेश्वर, टेकु, लामबगर, डिल्लीबजार र सिन्धुली, गण्डकी प्रदेशको अमरापुरी, धारापानी बाग्लुङ्ग, चामे, दमौली, कावासोती र कोल्हुवा, लुम्बिनी प्रदेशको तुलसीपूर, जीतपूर, कालिकानगर, मनिग्राम, ओडारी, कोहलपूर र सूख्खानगर कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, जुफल, सिमीकोट र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको ढकारी र पाटनमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको छ ।

यस कार्यक्रममा उपस्थित युवा तथा विद्यार्थी वर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा प्रस्ट पारिएको थियो । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो ।

सम्बन्धित समाचार