Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
बैंकवित्त

‘बैंकले ग्राहकको घरमै पुगेर सेवा दिने हो, प्रिभिलेज बैंकिङमा सिटिजन्स उत्कृष्ट छ’

‘बैंकले ग्राहकको घरमै पुगेर सेवा दिने हो, प्रिभिलेज बैंकिङमा सिटिजन्स उत्कृष्ट छ’

‘बैंकले ग्राहकको घरमै पुगेर सेवा दिने हो, प्रिभिलेज बैंकिङमा सिटिजन्स उत्कृष्ट छ’

काठमाडौँ, ४ फागुन । अहिले बैंकिङ क्षेत्रमा चर्चा पाएको विषय हो ‘प्रिभिलेज बैंकिङ’ । ग्राहकले आफूले चाहेको बैंकिङ सेवालाई छिटो, छरितो, विश्वसनीय र गुणस्तरीय बनाउनका लागि बैंकहरूले प्रिभिलेज बैंकिङ सेवा दिइरहेका छन् । त्यसमध्ये सिटिजन्स बैंक इन्टरनेश्नलले पनि प्रिभिलेज बैंकिङमार्फत् ग्राहकको मन जित्दै आएको छ । ग्राहकलाई विशेष बैंकिङ सुविधा दिने उद्देश्यका साथ सिटिजन्स बैंकले सन् २०१९ मा सुरु गरेको प्रिभिलेज बैंकिङमा अहिले १५ हजार बढी ग्राहक आवद्ध छन् । सिटिजन्स बैंकमा विगत १५ वर्षदेखि काम गरिरहेकी प्रिभिलेज बैंकिङ अफिसर सबिना बस्नेतसँग हामीले प्रिभिलेज बैंकिङ, प्रिभिलेज बैंकिङमार्फत् ग्राहकले पाउने सेवा सुविधा, यसको प्रभाव र परिणामका विषयमा कुराकानी गरेका छौं ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा प्रिभिलेज बैंकिङको चर्चा छ, सिटिजन्स बैंकले पनि यो सेवा दिइरहेको छ, के हो प्रिभिलेजिङ बैंकिङ भनेको ?

सिटिजन्स बैंक ठूलो हुँदै जाँदा ग्राहकलाई विशेष सेवा दिने उद्देश्यले सन् २०१९ बाट प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको हो । बैंकमा हजारौं ग्राहकहरू आउनु हुन्छ । जसमध्ये कतिपय ग्राहकहरू हाइप्रोफाइल र धेरै निक्षेप भएका हुन्छन् । कतिपय ग्राहकहरू छुट्टै सेवा लिनुपर्छ भन्ने सोचका हुनुहुन्छ । त्यसैले बैंकको व्यवस्थापनले प्रिभिलेज बैंकिङ आवश्यक भएको महसुस गर्दै सन् २०१९ देखि प्रिभिलेज बैंकिङ सेवाको सुरुवात भएको हो । बैंकले निश्चित कारोबार गर्ने ग्राहकलाई छनोट गरेर प्रिभिलेज बैंकिङ सेवा प्रदान गरिरहेको छ । ग्राहकहरूलाई फोन गरेर केही समस्या छ ? के आवश्यक परेको छ ? भनेर फोन गरेर पनि सेवा दिइरहेका छौं । ग्राहकहरूको सन्तुष्टिलाई ध्यान दिएर बैंकले सेवा प्रवाह गरिरहेको छ । स्थापनाकालदेखि बैंकको सेवा लिइरहेका ग्राहकले अहिले पनि सेवा लिनु भएको छ भने उहाँहरूलाई पनि प्रिभिलेज सेवा दिएका छौं । यदि बैंकलाई निक्षेप आवश्यक पर्याे भने उहाँहरूलाई फोन गरेर निक्षेप दिनु पर्याे आग्रह गरेपछि उहाँहरूले ल्याइदिनु हुन्छ । अनि बैंकले पनि उहाँहरूलाई प्राथमिकता दिएर सेवा दिएको हुन्छन् । यही नै हो प्रिभिलेज बैंकिङ ।

सिटिजन्स बैंकले कुन-कुन ठाउँबाट प्रिभिलेज बैंकिङ सेवा दिइरहेको छ ?

बैंकले विभिन्न ८ वटा शाखा कार्यालयबाट प्रिभिलेज बैंकिङ सेवा प्रदान गरिरहेको छ । हेड अफिस, कमलादी, विराटनगर, कालिकानगर बुटवल, राजविराज र सिमलचौर शाखा कार्यालयबाट प्रिभिलेज बैंकिङ सेवा दिइरहेका छौं । ती ठाउँमा हामीले रिलेशनसीप म्यानेजर (आरएम) तोकेर राखेका छौं । साथै, डेडिकेडेट रिलेसनसिप म्यानेजर (डिआरओ) पनि छुट्याएका छौं । ग्राहकहरूको सूची बनाएर डीआरओ तोकेका छौं । ग्राहकहरूलाई प्रत्येक महिना फोन गरेर केही समस्या परेको छ कि भनेर बैंकले जानकारी लिने गरेको छ ।

साथै, प्रिभिलेज ग्राहकहरू हामीलाई सम्पर्क गरेर बैंकमा सेवा लिन आउनु हुन्छ । बैंकमा आउनु भयो भने लाइन बस्नु पर्दैन । सिटिजन्स बैंकले होम बेस सेवा दिइरहेको छ । जस्तो उहाँहरूले फोन गरेर चेक साटिदिनु पर्याे भन्नु भयो भने हामी घरमै गएर सेवा दिन्छौं । प्रिभिलेज बैंकिङ सेवामा होम सर्भिसको पनि व्यवस्था छ । जस्तो वृद्धवृद्धाहरूलाई घरमै गएर बैंकिङ सेवा दिने गरेका छौं ।

प्रिभिलेज बैंकिङ सेवामा के-के सुविधाहरू छन् ?

प्रिभिलेज बैंकिङ सेवाका लागि तोकिएका ८ वटा शाखाहरूमा छुट्टै प्रिभिलेज काउन्टर नै छन् । प्रिभिलेज ग्राहकलाई छुट्टै सेवा, डिआरओ, आरएम छुट्याइएको छ । साथै, शाखा म्यानेजरलाई भेटेपछि लाइन नबसेर छिटो छरितो सेवा पाउनु हुन्छ । जस्तो प्रिभिलेज ग्राहकले समस्या परेर म बैंकमा आउँदै छु भन्नु भयो भने उहाँहरूलाई तत्काल सेवा दिन्छौं ।

प्रिभिलेज बैंकिङ सेवा उपभोग गर्ने ग्राहक संख्या र कारोबार कति हुन्छ ?

सन् २०१९ मा प्रिभिलेज बैंकिङ सेवा सुरु गर्दा ७ अर्ब रुपैयाँको कारोबार भएको थियो । अहिले ६० अर्ब रुपैयाँ पुगेको छ । प्रिभिलेज बैंकिङ सेवा लिने ग्राहकहरू १५ हजार हुनुहुन्छ । कर्जातर्फको लागि प्रिभिलेज बैंकिङ सेवा भनेर तोकेको छैन । पहिला यो सेवा लिने ग्राहकलाई बैंकले फोटो, खाता नम्बरसहितको प्रिभिलेज कार्ड दिएको थियो । त्यो कार्ड लिएर जुनसुकै शाखामा गयो भने लाइन बस्नु पर्दैन । अहिले मोबाइल बैंकिङमै प्रिभिलेज ग्राहक भनेर आरएम, डीआरएम नाम सबै तोकेर राखेको हुन्छ । ग्राहकहरूले तोकिएका आरएममार्फत बिना झण्झट सेवा प्राप्त गर्न सक्छन् ।

Screenshot 2024-02-16 142506.png

बैंकका लागि सबै ग्राहक समान हुन् । तर, प्रिभिलेज सेवाले भेदभाव गरेको जस्तो लाग्दैन ?

बैंकका लागि सबै जना ग्राहकहरू बराबर हुन् । जो पनि ग्राहक प्रिभिलेज बैंकिङ सेवा लिन आउनु हुन्छ उहाँहरूलाई हामीले फर्काउँदैनौं । तर, कतिपय ग्राहकहरू ठूलो रकम निक्षेप राख्नु हुन्छ । त्यो बेला उहाँहरूलाई विशेष सेवा आवश्यक पर्छ । तर, बैंकले कुनै पनि ग्राहकलाई विभेद हुने गरी सेवा दिएको छैन ।

प्रिभिलेज बैंकिङ सेवा लिने ग्राहकहरू कस्ता प्रकृतिका छन् ?

युवाहरू, वृद्धवृद्धाहरूले प्रिभिलेज बैंकिङ सेवा लिइरहेका छन् । अहिले सबैलाई छिटो सेवा चाहिको छ, सबैलाई ह्यासल फ्रि सर्भिस चाहिएको छ । अहिले सबै कारोबार मोबाइल बैंकिङबाटै हुन्छ । केही समस्या आयो भने बैंकमा आउँदा उहाँहरूलाई ह्यासल फ्रि सर्भिस दिएका छौं । अन्य बैंकको तुलनामा सिटिजन्स बैंकको सर्भिस राम्रो छ भनेर ग्राहकहरूले प्रतिक्रिया दिनु भएको छ । कतिपय ग्राहकहरू सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ सेवा कहाँ छ भनेर सोध्दैसोध्दै आहउनु भएको छ । अन्य बैंक छाडेर सिटिजन्स बैंक आउने ग्राहकहरू पनि धेरै छन् ।

प्रिभिलेज बैंकिङको सीमा कति तोक्नु भएको छ ?

बैंकले कारोबार सीमा तोकेर प्रिभिलेज बैंकिङ सेवा दिन्छ । ५० लाखभन्दा बढीको कारोबार गर्ने ग्राहकलाई प्रिभिलेज बैंकिङ सेवा दिने भनेर तोकेको छ । वर्षाैंदेखि कारोबार गरिरहनु भएका ग्राहकहरूलाई पनि प्रिभिलेज बैंकिङ सेवामा समावेश गरेका छौं । जस्तो सरकारी उच्च तहका ग्राहक, कुनै कम्पनीका सीईओ, सञ्चालकलाई प्रिभिलेज बैंकिङ सेवा दिने गरेका छौं । सबै ग्राहकलाई कारोबारका आधारमा भन्दापनि लिङ्कका आधारमा पनि सेवा दिएका हुन्छौं । हामीले ए, बि, सी, डी भनेर क्याटागोरी छुट्याएका छौं । जसमा काठमाडौंभित्र एउटा क्याटागोरी छ । अनि काठमाडौं उपत्यकाबाहरिका शाखाको ठाउँ अनुसाको सीमा तोकेको छौं ।

प्रिभिलेज बैंकिङ सेवाका लागि थप काउन्टर विस्तार गर्ने कुनै योजना छ ?

शाखा कार्यालयमा छुट्टै काउन्टर हुन्छ । प्रिभिलेज ग्राहकहरू सिधैं आएर निक्षेप जम्मा गर्न सक्नु हुन्छ । चेक लिन, नगद झिक्न, नगद जम्मा गर्न लाइनमा नबसी प्रिभिलेज काउन्टरबाटै सबै काम छिटोछरितो हुन्छ । हाल ८ वटा कार्यालयबाट यो सेवा लिन सकिन्छ । निकट भविष्यमा अझै थप शाखा कार्यालयमा प्रिभिलेज बैंकिङ सेवा दिने योजना बनाएका छ ।

डिजिटल बैंकिङ अभ्यासमा प्रिभिलेज बैंकिङ सेवा आवश्यक छ ?

बैंकिङ क्षेत्रमा अहिले पनि प्रिभिलेज सेवा आवश्यक छ । किनभने कपिय ग्राहकहरूलाई लाइनमा बस्ने समय पनि हुँदैन । कतिपय ग्राहकहरू आफूलाई गोप्य राख्न चाहनु हुन्छ । त्यसैले डिजिटल्ली भएपनि अहिलेको सन्दर्भमा यो आवश्यक छ । डिजिटल्ली बन्यो तर, केही समस्या पर्याे भने उहाँहरूले हामीलाई सम्पर्क गरेर समाधान गर्छाैं । बैंकले ग्राहकहरूको जन्मदिनको अवसरमा केक पठाउने गरेको छ । दशैंतिहार, तिज, अन्य चाडपर्वको बेलामा पनि गिफ्ट पनि पठाउने गरेको छ । बैंकले जुनसुकै ग्राहकलाई फोन गरेर जन्मदिनमा शुभकामना सन्देश दिने गरेको छ । प्रिभिलेज ग्राहक बैंकमा धेरै समयदेखि आउनु भएन भने फोन गरेर सन्चो बिसन्चो के छ भनेर सोध्छ । ग्राहकहरूले पनि बैंकले मलाई जन्मदिनको शुभकामना दियो, स्वास्थस्थिती बारे सम्झियो भनेर खुसी महसुस गर्नु हुन्छ ।

Screenshot 2024-02-16 142518.png

यो सेवा लिँदा शुल्क कति तोकेको छ ?

यो सेवामा थप सेवा शुल्क छैन । अन्य ग्राहकलाई जस्तै सेवा शुल्क तोकिएको हुन्छ । बैंकले प्रिभिलेज ग्राहकलाई एटीएम, मोबाइल बैंकिङ्, भिजा कार्डमा एक वर्ष निःशुल्क सेवा दिन्छ । साथै, डलर सहटी, लकरमा छुट दिएका छौं । होम बैंकिङ सेवा छ । कुनै ग्राहकले आउन सकेन आइदिनु पर्याे भन्नु भयो भने हामी घरमै गएर सेवा दिन्छौं । मान्छे बैंकमा आउने होइन, बैंक घरमा गएर सेवा दिनुपर्छ ।

सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ सेवा लिन के गर्नु पर्छ ?

सिटिजन्स बैंकको हेड अफिस र अन्य तोकिएका शाखामा प्रिभिलेज काउन्टरमा जानुपर्छ । बैंकमा आएर खाता खोल्नुपर्छ । खाता खोलेपछि बैंक आफैंले बिस्तारै दिनु पर्ने सेवा सुविधा दिन्छ ।

सम्बन्धित समाचार