Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

अर्थ प्लस
एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

मंगलवार, चैत १२ २०८१
काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । सो कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ ।

1742908986-ZlbI9.jpg
undefined

ग्लोबल मनी वीक २०२५ को नारा सहित, बैंकले विभिन्न छेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ । बैंकले आफ्नो सोसल मिडिया मार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३,००० जना भन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

1742908985-IPdQs.jpg
undefined

सम्बन्धित समाचार