Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एभरेष्ट बैंकको नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण

एभरेष्ट बैंकको नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण

अर्थ प्लस
एभरेष्ट बैंकको नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण

शुक्रबार, १५ चैत्र २०८१
काठमाडौं । एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गर्नु भएको छ । सो कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो ।

बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्त्विक महत्वको विषयवस्तुहरूलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ । 

सम्बन्धित समाचार