Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

वाडा अटो शोमा बीवाईडी ईभी किन्दा आकर्षक अफर केके छन् ?

वाडा अटो शोमा बीवाईडी ईभी किन्दा आकर्षक अफर केके छन् ?

अर्थ प्लस
वाडा अटो शोमा बीवाईडी ईभी किन्दा आकर्षक अफर केके छन् ?

शुक्रवार, चैत १५ २०८१
पोखरा । नेपालमा बीवाईडी ईभी सवारी साधनको आधिकारिक वितरक साइमेक्स इंक प्रा।लि। ले पोखरामा आयोजना भइरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाउँदै आफ्ना विभिन्न इलेक्ट्रिक गाडीहरू प्रदर्शन गरेको छ। फागुन १४ गतेदेखि पोखरा प्रदर्शनी केन्द्रमा सुरु भएको यो अटो शो फागुन १७ गतेसम्म जारी रहनेछ।

 बीवाईडीले दिगो यातायात समाधानको आफ्नो लक्ष्यलाई प्रवर्द्धन गर्दै तीनवटा उत्कृष्ट ईभी मोडलहरू 

– बीवाईडी डल्फिन, बीवाईडी एट्टो ३, र बीवाईडी एम६ – प्रदर्शनमा राखेको छ।

बीवाईडीका उत्कृष्ट ईभी मोडलहरू

१. बीवाईडी डल्फिन - सुरक्षित, स्मार्ट, र अफोर्डेबल फेमिली कारको रूपमा परिचित बीवाईडी डल्फिन मा अत्याधुनिक सुरक्षा प्रविधिहरू, इनोभेटिभ फिचरहरू, र सहज सहरमैत्री ड्राइभिङ अनुभव छ। यो कारले उत्कृष्ट कार्यक्षमता र किफायती मूल्यको उत्कृष्ट संयोजन प्रदान गर्छ।

२. बीवाईडी एट्टो ३ - नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३, नेपालको नम्बर १ इलेक्ट्रिक एसयूभीको रूपमा पनि लोकप्रिय बनेको छ। यो मोडल सहरमा चलाउनका लागि मात्र नभई लामो यात्राका लागि पनि उत्तिकै प्रभावकारी छ। शक्तिशाली प्रदर्शन, स्पोर्टी डिजाइन, र अत्याधुनिक प्रविधिहरूको सम्मिश्रण यसमा पाइन्छ।

३. बीवाईडी एम ६ - नेपालको पहिलो प्रिमियम ७–सिटर इलेक्ट्रिक एमपीभी बीवाईडी एम६ लक्जरी, स्पेसियस र बहुउद्देश्यीय सुविधाले भरिपूर्ण छ। शून्य उत्सर्जनसहित प्रिमियम कम्फर्ट चाहने ठूलो परिवारका लागि यो उपयुक्त सवारी साधन हो।

1743144441-Nb6eO.jpg
undefined

विशेष अफर केके छन् रु आकर्षक अफर केके ?

वाडा अटो शो २०२५ मा बीवाईडी ईभी किन्न इच्छुक ग्राहकहरूका लागि साइमेक्स इंक प्रा।लि। ले सीमित समयका लागि विशेष अफर उपलब्ध गराएको छ। यो अफर अन्तर्गत निम्न सुविधा पाइनेछ

● २० प्रतिशत मात्र डाउन पेमेन्ट

● १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी

● १ वर्ष निःशुल्क इन्स्योरेन्स

● १ वर्षको रोड ट्याक्स कभरेज

● आकर्षक नगद छुट

● निःशुल्क एसेसरिज

● फ्रि होम चार्जर

पोखराका लागि बीवाईडीको दिगो भिजन

बीवाईडीले विद्युतीय सवारी साधनमार्फत शून्य उत्सर्जनयुक्त यातायात प्रणालीलाई प्रवर्द्धन गर्दै पोखरा र नेपालभर हरित भविष्य निर्माण गर्ने आफ्नो दीर्घकालीन लक्ष्य अघि  बढाइरहेको कम्पनीले जनाएको छ । 

यातायातमा दिगोपन, आरामदायी अनुभव, र वातावरणमैत्री प्रविधिहरूमा अग्रणी रहँदै बीवाईडीले विद्युतीय सवारी साधनमा आमजनतालाई सहज पहुँच दिन निरन्तर प्रयास गरिरहेको  कम्पनीले जनाएको छ । 

सम्बन्धित समाचार