Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

माण्डु हाइड्रोपावरको लकिङ पिरियड फागुन २३ गते सकिँदै

माण्डु हाइड्रोपावरको लकिङ पिरियड फागुन २३ गते सकिँदै

माण्डु हाइड्रोपावरको लकिङ पिरियड फागुन २३ गते सकिँदै

काठमाडौँ, फाल्गुण ६ । दोस्रो बजारमा सूचीकृत माण्डु हाइड्रोपावरको लकिङ पिरियड यही फागुन २३ गते सकिने भएको छ। सामूहिक लगानी कोषहरूलाई आरक्षित गरिएको शेयरको लकिङ पिरियड सकिन लागेको हो।

कम्पनीले गएको भदौ २४ गते शेयर बाँडफाँट गरेको थियो। सोही मितिबाट आउने फागुन २३ गते ६ महिना पुग्ने भएकोले उसको लकिङ पिरियड सकिन लागेको हो। कम्पनीले पाँच प्रतिशत हुन आउने ७२ हजार एक सय ३३ कित्ता शेयर म्युचुअल फण्डलाई दिएको थियो। सोही शेयर कोषहरूले अब दोस्रो बजारमा बिक्री गर्न पाउने छन्।

आइतबार कम्पनीको मूल्य ६९६ रुपैयाँमा झरेको छ। आइतबार मात्रै कम्पनीले प्रति कित्ता १९ रुपैयाँ गुमाउँदा सो मूल्य कायम भएको हो। 

सम्बन्धित समाचार