Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

 एनआईसी एशिया बैंकको एटीएमबाटै बिना कार्ड इसेवाको पैसा निकाल्न सकिने

 एनआईसी एशिया बैंकको एटीएमबाटै बिना कार्ड इसेवाको पैसा निकाल्न सकिने

अर्थ प्लस
 एनआईसी एशिया बैंकको एटीएमबाटै बिना कार्ड इसेवाको पैसा निकाल्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले इसेवा वालेटमा रहेको रकम एटीएम कार्ड बिनै बैंकको एटीएम मेसिनहरूबाट निकाल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले जनाएअनुसार अबदेखि एनआईसी एशिया बैंकको नेपालभर रहेका ६७० वटै एटीएम मेसिनहरूबाट इसेवामा रहेको रकम बिना झन्झट सामानय तरिकाले निकाल्न सकिनेछ।

यसका लागि इसेवाको फाइनान्सियल पेमेन्ट अन्तर्गत रहेको एटीएम विड्रवलमा एनआईसी एशिया बैंक छनौट गरी देखाएअनुसारको प्रक्रिया पूरा गर्नुपर्ने बैंकले जनाएको छ।

हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० करोबारमा २५ हजार रुपैयाँसम्मको रकम यसरी निकाल्न सकिने बैंकले जानकारी दिएको छ।

 

सम्बन्धित समाचार