Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

लुयान इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार नगद छुट

लुयान इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार नगद छुट

अर्थ प्लस
लुयान इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार नगद छुट

नेपालको लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयान नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत, लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकलाई १५ हजार रुपैयाँको नगद छुट, एक वर्षको सवारी कर, बाइक कभर, टी-सर्ट, र हेलमेट निःशुल्क प्रदान गरिनेछ । यो अफर भने नगदमा खरिद गर्ने ग्राहकमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकहरूको सुविधाको लागि एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ, जसअनुसार ग्राहकहरूले पुरानो स्कुटर साटेर नयाँ लुयान स्कुटर सहज किस्तामा लिन सक्नेछन् ।

लुयान नेपालले काठमाडौँभित्र १७ स्थानमा सर्विस सेन्टर तथा चार्जिङ पोइन्ट सञ्चालन गरिरहेको छ । यो भनेको नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्ड मध्ये सबैभन्दा धेरै हो ।जसले गर्दा ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा उपलब्ध भइरहेको छ । साथै, नेपालभरका १३ प्रमुख शहरहरूमा लुयानको डिलर नेटवर्क रहेको छ ।

नेपालमा सबैभन्दा सस्तो, भरपर्दो, र सर्वसुलभ इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा लुयान चिनिँदै आएको छ । राम्रो तान्ने क्षमता, आयल कुल्ड मोटर, र कम मर्मत खर्चका कारण लुयान स्कुटरहरू नेपाली ग्राहकहरूका लागि पहिलो रोजाइ बन्दै गएका छन् ।

लुयानको एमएनके ३ र एस ९० अहिलेको बढी बिक्री भइरहेको मोडेलहरू हो । एमएनके३ को छुटपछिको मूल्य १ लाख ७७ हजार ६ सय र एस ९० को मूल्य २ लाख १ सय मात्र रहेको छ ।

नयाँ वर्षको सुरुवातलाई अझ विशेष बनाउन लुयान नेपालको यो अफर आगामी बैशाख मसान्त सम्मका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार