Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

प्रिमियम एक्स्पेङ जी६ अब १४.९९ लाखमै पाइने, न्यूनतम् डाउन पेमेन्टका साथ अरु थुप्रै अफर

प्रिमियम एक्स्पेङ जी६ अब १४.९९ लाखमै पाइने, न्यूनतम् डाउन पेमेन्टका साथ अरु थुप्रै अफर

अर्थ प्लस
प्रिमियम एक्स्पेङ जी६ अब १४.९९ लाखमै पाइने, न्यूनतम् डाउन पेमेन्टका साथ अरु थुप्रै अफर

काठमाडौँ । अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्स्पेङले आफ्ना ग्राहकहरूका लागि विशेष अफर ल्याएको छ । यससँगै अब ग्राहकहरूले अब १४.९९ लाख डाउन पेमेन्टमै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्स्पेङ जी६ घर लान पाइनेछ ।

६.५५ प्रतिशत ब्याजदर, ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने, र ७ वर्षसम्मको ऋण अवधिको सुविधाले एक्स्पेङ खरिद गर्न सहज बनाईएको छ।

यस अफरमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एसेसरीहरू, ७ किलोवाट चार्जर, १ वर्षको रोड ट्याक्स कभरेज, र निःशुल्क बीमा समेत समावेश छ, जसले एक्स्पेङ जी६ लाई विद्युतीय गाडीको उत्तम विकल्प बनाउँछ।

पाँचतारे ण्कप सुरक्षा रेटिङ प्राप्त एक्स्पेङ जी६ स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताले गर्द विश्वभर धेरैले मन पराएको गाडी बनेको छ ।

ग्राहकहरुले सजिलै अब एक्स्पेङ को अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दिगो यात्राको सजिलै अनुभव गर्न सक्नुहुनेछ। यस अफरका साथ एक्स्पेङ नेपालले गुणस्तरीय सवारीसाधन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। 

सम्बन्धित समाचार