काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ ९फियन० ले आफ्नो ३५औं स्थापना दिवस काठमाडौंमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।
संघले स्थापना दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमको समेत आयोजना गरेको थियो। प्रभातफेरी कार्यक्रम बिहान ७ः०० बजे भद्रकाली परिसरमा भेला भई सहभागीहरू भृकुटीमण्डपसम्म प्रभातफेरी गर्दै कार्यक्रमको समापन गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाश शरण महत थिए भने सभापतिको रूपमा नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीको उपस्थिति रहेको थियो। साथै विशिष्ट अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य संजय गौतम, ल्त्ग्ऋ का अध्यक्ष योगेन्द्र कुमार कुँवर, क्ब्च्त्ग्ऋ का महासचिव लक्ष्मण बहादुर बस्नेत, तथा ग्ल्क्ष् ब्एच्इ का कार्यक्रम तथा संगठन संयोजक तिलकजंग खड्का सहभागी भएका थिए।
कार्यक्रममा सभापति पदमराज रेग्मी, प्रमुख अतिथि डा। प्रकाश शरण महत, तथा अन्य विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए। उनीहरूले कार्यक्रमलाई सम्बोधन गर्दै वित्तीय क्षेत्रका कर्मचारीहरूका हक, हित तथा सुरक्षासँग सम्बन्धित विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए।
कार्यक्रमका क्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघले विभिन्न मागहरू सार्वजनिक गरेको थियो। तीमध्ये प्रमुख रूपमा बैंक तथा वित्तीय संस्था कर्मचारीमाथि हुने आक्रमण रोक्नुपर्ने, वित्तीय क्षेत्रमा पूर्ण सुरक्षा सुनिश्चित गर्नुपर्ने, श्रम ऐन कार्यान्वयन गर्नुपर्ने, आयकर छुटको सीमा वृद्धि गर्नुपर्ने, वित्तीय क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने लगायतका विषयहरू उठाइएको थियो।
त्यस्तै श्रमिकहरूको मौलिक अधिकार सुनिश्चित गर्दै सामूहिक सौदाबाजीको अभ्यासलाई प्रभावकारी बनाउनुपर्ने, आर्थिक क्षेत्रमा पारदर्शिता कायम गर्नुपर्ने, श्रमिकहरूलाई नीति निर्माण प्रक्रियामा प्रतिनिधित्व दिनुपर्ने र राजनीतिक हस्तक्षेप रोक्नुपर्ने जस्ता मागहरू पनि अघि सारिएको थियो।
संघका पदाधिकारीहरूले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूको सुरक्षाका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। साथै आर्थिक स्थिरता, समुचित श्रम अधिकार र मर्यादित रोजगारी सुनिश्चित गर्न आवश्यक नीति तथा कानुन निर्माण गर्न माग गरिएको थियो।
कार्यक्रमको सञ्चालन महासचिव विकास श्रेष्ठले गरेका थिए। यस कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
