Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई भक्तपुर इन्टरनेशल हस्पिटलमा विशेष छुट  

नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई भक्तपुर इन्टरनेशल हस्पिटलमा विशेष छुट  

अर्थ प्लस
नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई भक्तपुर इन्टरनेशल हस्पिटलमा विशेष छुट  

काठमाडौँ। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले भक्तपुरको कौशलटारमा रहेको भक्तपुर इन्टरनेस्नल हस्पिटलमा विशेष छुट पाउने भएका छन् ।

बैंकले आफ्ना कर्मचारी र ग्राहकहरूलाई थप सुविधा दिने उद्देश्यले भक्तपुर इन्टरनेस्नल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट उपलब्ध गराउन सो सम्झौता गरेको हो ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख विश्वराज भण्डारी र भक्तपुर इन्टरनेस्नल हस्पिटल को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामजी कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने OPD, Gyno & fertility, Diagnostic and Nutrition & Medical facility along with Endoscopy, Colonoscopy, ECG, EEG, Pulmonary Function Test, FNAC/Biopsy, X-ray, Ultrasound, Doppler, Liver Health, Heart Health, Kidney health, Brain or Neuro Health and Urology, General Physical Checkup, ECHO, Nuclear Cardiology Test, Dental, Minor & Major Operation जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।  

सम्बन्धित समाचार