Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कुमारी बैंकले घटायो ब्याजदर, कुनमा कति ?

कुमारी बैंकले घटायो ब्याजदर, कुनमा कति ?

अर्थ प्लस
कुमारी बैंकले घटायो ब्याजदर, कुनमा कति ?

काठमाडौँ, चैत ३१ । कुमारी बैंक लिमिटेडले वैशाख महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७२ र संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।  

चैत महिनाका लागि बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ र संस्थागततर्फ ५.०१० प्रतिशत ब्याजदर दिएको थियो।  वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका लागि ४.१२ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ४.३२ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ४.८२ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ५.७२ प्रतिशत ब्याजदर पाउनेछन् ।  

कुमारी स्मार्ट एप अन्तर्गत ३ महिनादेखि ६ महिना तलका लागि ४.३२ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ४.५२ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.०२ प्रतिशत, २ वर्ष र सो भन्दा माथिका लागि ५.९२ प्रतिशत ब्याजदर पाउनेछन् ।  

त्यस्तै, संस्थागत ग्राहकले ६ महिनादेखि १ वर्ष तलका लागि मुद्दती निक्षेपमा ३.०६ प्रतिशत र १ वर्षदेखि २ वर्ष मुनिका लागि ३.२६ प्रतिशत,२ वर्षदेखि ३ वर्ष मुनिका लागि ४.०१ प्रतिशत र ३ वर्ष र सोभन्दा माथिको अवधिका लागि भने ४.९२ प्रतिशत ब्याजदर पाउने छन् । 

सम्बन्धित समाचार